१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल



अ+ अ-

रसुवा । नेकपा (एमाले)को नवौं रसुवा जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनले जर्नादन ढकालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्वा लामा, उपसचिवमाद्वय चमेली गुरुङ, र सुकबहादुर तामाङ रहनुभएको छ ।

यसैगरी सदस्यमा भवानीप्रसाद न्यौपाने, हेमनाथ खतिवडा, अम्बिका पौडेल, बेली बुलुन, प्रतिमा लामा, नवीना लामा, कुमार नगरकोटी, विष्णुप्रसाद पौडेल लगायत रहनुभएको छ ।

यसैगरी लेखा आयोगका संयोजकमा गोविन्द घिमिरे चयन हुनुभएको छ । यही वैशाख २२ गते पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

जिल्ला कमिटीको सबै पद सर्वसम्वतले चयन भएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो ।




भर्खरै