१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तारक मेहता’ फेम सोधी ६ दिनदेखि बेपत्ता



अ+ अ-

एजेन्सी । टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ मा रोशन सिंह सोधीको भूमिका निभाएका अभिनेता गुरचरण सिंह ६ दिनदेखि बेपत्ता छन् ।

उनका बुबाको उजुरीपछि, दिल्ली पुलिसले अपहरणको मुद्दा दर्ता गरेको छ र ५० वर्षीय अभिनेताको खोजी गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा अभिनेताले छिट्टै विवाह गर्ने पक्का भएको छ । यति मात्र होइन, उनी आर्थिक संकटसँग जुधिरहेका छन् ।

गुरुचरणले अप्रिल २२ मा एटिएमबाट ७ हजार रुपैयाँ निकालेपछि उनको फोन स्वीच अफ भएको प्रहरीले जनाएको छ । उनको अन्तिम लोकेशन दिल्लीको पालममा रहेको उनको घरबाट केही किलोमिटर टाढा भेटिएको थियो ।

यसबाहेक प्रहरीले पालम इलाकाबाट केही सीसीटीभी फुटेज पनि पाएको छ जसमा अभिनेता झोला लिएर सडक पार गरिरहेको देखिन्छ ।

गुरुचरण सिंह ‘तारक मेहता का उल्टा चश्मा’को स्थापनादेखि २०१३ सम्मको एक हिस्सा रहे । पछि निर्माता असित मोदीसँगको केही विवादका कारण उनले शो छाडेका थिए ।