• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

‘तारक मेहता’ फेम सोधी ६ दिनदेखि बेपत्ता



एजेन्सी । टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ मा रोशन सिंह सोधीको भूमिका निभाएका अभिनेता गुरचरण सिंह ६ दिनदेखि बेपत्ता छन् ।

उनका बुबाको उजुरीपछि, दिल्ली पुलिसले अपहरणको मुद्दा दर्ता गरेको छ र ५० वर्षीय अभिनेताको खोजी गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा अभिनेताले छिट्टै विवाह गर्ने पक्का भएको छ । यति मात्र होइन, उनी आर्थिक संकटसँग जुधिरहेका छन् ।

गुरुचरणले अप्रिल २२ मा एटिएमबाट ७ हजार रुपैयाँ निकालेपछि उनको फोन स्वीच अफ भएको प्रहरीले जनाएको छ । उनको अन्तिम लोकेशन दिल्लीको पालममा रहेको उनको घरबाट केही किलोमिटर टाढा भेटिएको थियो ।

यसबाहेक प्रहरीले पालम इलाकाबाट केही सीसीटीभी फुटेज पनि पाएको छ जसमा अभिनेता झोला लिएर सडक पार गरिरहेको देखिन्छ ।

गुरुचरण सिंह ‘तारक मेहता का उल्टा चश्मा’को स्थापनादेखि २०१३ सम्मको एक हिस्सा रहे । पछि निर्माता असित मोदीसँगको केही विवादका कारण उनले शो छाडेका थिए ।