२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ



अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारका पार्टीको सहभागिताालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलवार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भुमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । पार्टी महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरु समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरुलाई पार्टीले गहिरोपूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरुलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौं । आज हामी सरकारमा छौं । सरकारमा हाम्रो निरन्तरता रही नै रहनेछ । कतिपय व्यक्तिहरुले, संस्थाहरुले सार्वजनिक ठाउँमा जे चर्चा गरिएको छ । सरकारबारे पार्टीले अन्यथा निर्णय गरेको छैन । र, आगामी दिनमा निकट भविष्यमा सरकारको नीति तथा कार्यक्रम आउँदैछ । र, बजेटको तयारी अन्तिम अवस्थामा पुगेको छ । हाम्रो पार्टी हाम्रो पार्टीको संसदीय दललाई नीति, कार्यक्रममा, बजेटमा, यसको निर्माण प्रक्रियामा र संसदमा प्रभावकारी भुमिका खेल्नका निम्ति निर्देशन दिन्छ भनेर पार्टीले निर्णय गरेको छ ।

पार्टीले अर्को निर्णय गरेको छ–महाधिवेशनको तयारीको काम अत्यन्त तिब्र गतिमा भइरहेको छ । यो तयारीसँग जोडिएका आवश्यक कामहरु प्रभावकारी ढंगले सम्पन्न गर्नका निम्ति सम्पूर्ण कमिटीहरुलाई पुनः पार्टीले आह्वान गरेको छ । यीनै विषयलाई केन्द्रमा राखेर आज हामीले निर्णय गरेका छौं । पाटीमा आज जति सवाल उठेको छ । यी सबै विषयहरुमा छलफल गरेका छौं । र पार्टी एक ढिक्का छ । यहाँ कुनै वैमष्यता छैन । सम्पूर्ण नेताहरु, सम्पूर्ण कार्यकर्ताहरु पार्टीको महाधिवेशन सम्पन्न गर्न तोकिएका जिम्मेवारीहरुमा देशव्यापी रुपमा लागिरहनु भएको छ । त्यसमा कुनै समस्या छैन भन्ने कुरामा पाटी प्रष्ट छ ।’

बैठकमा नेताहरुले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पार्टी भित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको नेकपा एसले जनाएको छ ।