४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअप

अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअप
अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि अभिनेता आदित्य रोय कपुरसँग डेटिङ गरेको खबरले चर्चामा थिइन्, तर पछिल्लो रिपोर्ट अनुसार मार्चमा उनीहरुको ब्रेकअप भएको छ । यो खबरलाई दुवैका एक नजिकका साथीले पुष्टि गरेका छन् ।

हालै टाइम्स अफ इन्डियाले अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअपको खबरलाई नजिकको साथीलाई उद्धृत गर्दै पुष्टि गरेको छ । करिब एक महिनाअघि दुवैको ब्रेकअप भएको उनका साथीले बताएका छन् ।

‘दुबै धेरै बलियो छन्, तर उनीहरूको ब्रेकअप सबैका लागि स्तब्ध छ । दुवै सौहार्दपूर्ण छन् । अनन्या यो ब्रेकअपबाट अगाडि बढ्न खोज्दै छिन् । पक्कै उसलाई चोट लागेको छ । हाल उनी आफ्नो कुकुरसँग धेरै समय बिताइरहेकी छन् । आदित्य पनि परिपक्वताका साथ यो अवस्थालाई सामना गर्न खोजिरहेका छन् ।’ खबरमा उल्लेख छ ।

गत महिना अनन्या पाण्डेकी कजिन अलाना पाण्डेको बेबी शावरमा आदित्य रोय कपूर पनि उपस्थित थिए । तर, केही समयपछि नै उनीहरुको ब्रेकअपको खबर आउन थाल्यो ।

अनन्या पाण्डे र आदित्य विगत २ वर्षदेखि सम्बन्धमा थिए । दुबैलाई धेरै पटक सँगै समय बिताएको देखिन्थ्यो । कफी विथ करणमा अनन्या पाण्डेले पनि आफ्नो सम्बन्धको संकेत दिएकी थिइन् ।