२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअप



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि अभिनेता आदित्य रोय कपुरसँग डेटिङ गरेको खबरले चर्चामा थिइन्, तर पछिल्लो रिपोर्ट अनुसार मार्चमा उनीहरुको ब्रेकअप भएको छ । यो खबरलाई दुवैका एक नजिकका साथीले पुष्टि गरेका छन् ।

हालै टाइम्स अफ इन्डियाले अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअपको खबरलाई नजिकको साथीलाई उद्धृत गर्दै पुष्टि गरेको छ । करिब एक महिनाअघि दुवैको ब्रेकअप भएको उनका साथीले बताएका छन् ।

‘दुबै धेरै बलियो छन्, तर उनीहरूको ब्रेकअप सबैका लागि स्तब्ध छ । दुवै सौहार्दपूर्ण छन् । अनन्या यो ब्रेकअपबाट अगाडि बढ्न खोज्दै छिन् । पक्कै उसलाई चोट लागेको छ । हाल उनी आफ्नो कुकुरसँग धेरै समय बिताइरहेकी छन् । आदित्य पनि परिपक्वताका साथ यो अवस्थालाई सामना गर्न खोजिरहेका छन् ।’ खबरमा उल्लेख छ ।

गत महिना अनन्या पाण्डेकी कजिन अलाना पाण्डेको बेबी शावरमा आदित्य रोय कपूर पनि उपस्थित थिए । तर, केही समयपछि नै उनीहरुको ब्रेकअपको खबर आउन थाल्यो ।

अनन्या पाण्डे र आदित्य विगत २ वर्षदेखि सम्बन्धमा थिए । दुबैलाई धेरै पटक सँगै समय बिताएको देखिन्थ्यो । कफी विथ करणमा अनन्या पाण्डेले पनि आफ्नो सम्बन्धको संकेत दिएकी थिइन् ।