२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने दिल्ली क्यापिटलमा यथावत, अक्षर पटेल र अमित मिश्रका कारण समस्या



अ+ अ-

भारतीय अाइपिएलकाे अागामी वर्ष २०१९ का लागि मंगलबार भएकाे खेलाडी लिलामीमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बिक्री भएनन् । अर्थात उनी दिल्ली क्यापिटलमै रहने भएका छन् । यसै वर्ष दिल्ली डेयरडेभिल्सकाे नाम परिवर्तन गरी दिल्ली क्यापिटल गरिएकाे छ ।

दिल्ली क्यापिटलमा सन्दीप सहित श्रेयस अायर, रिसभ पन्त, पृथ्वी श, अमित मिश्र, अभेष खान, हर्ष पटेल, राहुल टेवटिया, जयन्त यादव, मनाेज काल्रा, काेलिन मुनराे, क्रिस माेरिस, कागिसाे राबाडा र ट्रेन्ट बाउल्ट रहेका छन् र यी सबै गत वर्षदेखि नै दिल्ली डेयरडेभिल्समा थिए ।

यसपटक दिल्ली क्यापिटलले शिखर धवनलाइ सनराइजर्स हैदराबादबाट खरिद गरेकाे छ । यसबापत दिल्लीले अभिषेक शर्मा, विजय शंकर र शाहबाज नदीमलाइ बेचेकाे छ ।

दिल्ली क्यापिटलले यसपटक हनुमा बिहारीलाइ भारू २ कराेड, अक्षर पटेललाइ भारू ५ कराेड, इशान्त शर्मालाइ भारू १ कराेड १० लाख, अन्कुष बैन्सलाइ २० लाख, नाथु सिंहलाइ २० लाख, काेलिन इन्ग्रामलाइ ६ कराेड ४० लाख, शेरफान रदरफाेर्डलाइ २ कराेड, जलाज सक्सेनालाइ २० लाख र बान्दरू अायप्पालाइर् २० लाखमा खरिद गरेकाे छ ।

दिल्ली क्यापिटलकाे बर्तमान टीम स्वरूप हेर्दा नेपाली युवा सन्दीपले धेरै म्याच खेल्न पाउने सम्भावना कमै देखिएकाे छ । खासगरी अमित मिश्र र अक्षर पटेलका कारण सन्दीपकाे खेल्ने सम्भावना कम भएकाे हाे ।

दिल्ली डेयरडेभिल्सले गत वर्ष सन्दीपलाइ २० लाख भारूमा खरिद गरेकाे थियाे ।

अन्य ठूला खरिद निम्न बमाेजिम छन्ः

वरूण चक्रवर्ती (८ कराेड ४० लाख)

जयदेव उनाडकट (८ कराेड ४० लाख)

साम कुरान (७ कराेड २० लाख)

काेलिन इन्ग्राम (६ कराेड ४० लाख)

िशभव दुवे (५ कराेड)

माेहित शर्मा (५ कराेड)

अक्षर पटेल (५ कराेड)

कार्लाेस ब्रेथवाइट (५ कराेड)

प्रभसिमरन सिंह (४ कराेड ८० लाख)

माेहम्मद शामी (४ कराेड ८० लाख)

निकाेलास पूरान .(४ कराेड २० लाख)

शिभरन हेटमायर (४ कराेड)

बारिन्दर सरन (३ कराेड ४० लाख)

वरूण अाराेन (२ कराेड ४० लाख)

जाेनी बेरिट्अ (२ कराेड २० लाख)

लसिथ मालिंगा (२ कराेड)

सर्फन रदरफाेर्ड (२ कराेड)

युवराज सिंह (भारू १ कराेड)

मार्टीन गप्टील (भारू १ कराेड)

प्रयास रे बर्मन (भारू १ कराेड ५० लाख)

अाेसन थाेमस (१ कराेड १० लाख)

लकी फर्गुसन (१ कराेड ६० लाख)

रिद्धिमन साह (१ कराेड २० लाख)