८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

फेसबूकेहरुका नबिन फण्डा

फेसबूकेहरुका नबिन फण्डा
अ+ अ-

अहिलेको सरकार वा राज्य व्यवस्था बिरुद्द लागेकाहरुको उद्देस्य फरक भएपनि सरकारलाइ हमला गर्न कहिँ न कहिँ मिलेमतो देखिने पनि गरेको छ ! सरकार तथा सरकारका अंगहरुले कहाँनेर गल्ति गर्लान वा समाजमा कहाँ नेर घटना, दुर्घटना होलान र त्यो घटना वा दुर्घटना पछी सरकार र सरकार संचालन गर्ने पार्टीको हात थियो भनेर आफ्नो बिरोधको दैनिकी चलाउला भनेर उनीहरु ढुकेर बसेका छन् ! यहाँ नेर सरकार र सरकारमा बस्नेहरुले चाँहि निकै राम्रो गरेका छन् भन्ने पुस्टि गर्नु मेरो उद्देस्य होइन ! अहिले सरकारमा बस्नेहरुले ठुल्ठुला ढंग पुर्याएका छैनन्, त्यो देखिएकै कुरा हो । तर उनीहरुको ढंग नपुग्दा सरकारलाई पुनरावलोकन गर्ने ठाँउ छ । वास्तविक जनताको सेवा गर्न सक्ने वा अहिलेको समस्या समाधान गर्न सक्ने नेताहरु सरकारमा गएर जनताको छिट्टै मन जित्नु पर्ने अनिवार्य आवश्यकता भैसक्यो ! त्यसैले सायद दुइ मध्ये नेकपाका एक अध्यक्ष प्रचण्डले भनेका होलान – अब सरकार को गिएर परिबर्तन गर्ने बेला भयो ।

सरकार र दैनिक प्रशासन संचालनको बाद बिबाद छोड्ने हो र राजनीतिक बहस गर्ने हो भने आगामी आधा शताब्दी सम्म अहिलेका नेकपा र नेपाली कांग्रेस वरीपरी नै नेपालको राजनीति घुम्ने देखिन्छ र अहिले नयाँ शक्ति वा बिबेकशील साझा भन्नेहरु बैकल्पिक राजनीतिक शक्ति बन्ने सम्भावना छैन । यसका पछाडी केहि खास कारण छन् । अहिलेका नेकपा र नेपाली कांग्रेस अघिल्लो आधा शताब्दिका विभिन्न आरोह अबरोह व्यहोरेर आएका पार्टी हुन् ! उनिहरु भित्र राजनैतिक आस्थाको बलियो संगठन छ । कम्तिमा तिन पुस्ता हुर्केका राजनीतिक दलहरुलाईअहिले नै पुराना भए भन्ने तर्क गर्नु राम्रो होइन । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्पस्ट खारिएको बिचार छ । राजनीतिक परम्परा छ , तीनवटा ब्यबस्था परिबर्तन गरेको इतिहास छ ।राणा , पंचायत र राजाको प्रत्यक्ष शासनलाइ पराजित गरेका अनुभवहरु छन् । क्षेत्रिय र अन्तरास्ट्रिय राजनीतिक तथा कुटनीतिक सम्बन्धका अनुभव छ । धेरै पटक शासन सत्ताको बागडोर सम्हालेका, सफल र असफल भएका अनुभवहरु छन् । ति सबै अनुभवहरुबाट खारिएको लाखौंको नेताहरुको दस्ता छ जसले करोड जनतालाई प्रशिक्षित गरेका छन् ।

केहि ब्यबहारिक सत्ता संचालनका खराव उदाहरण , आचरण र नैतिकतामा कमजोरको हातमा परिस्थितिबस पार्टी र सरकारका जिम्मेवारीहरु पुग्दा कहिलेकाही अक्षम्य गल्ति भएका छन् । त्यस्ता गल्ति गर्नेलाई जनताले दण्डित गरेका पनि छन् । कमजोर अर्थतन्त्र र साँस्कृतिक धरातलले गर्दा केहि नेताले गरेका भ्रस्टाचारजन्य गतिबिधिका कारण जनतामा बेला बेला निराशा फैलिएको भएपनि ठुला राजनीतिक दलहरु प्रति जनताको ठुलो गुनासो पनि देखिदैन ।किनकि कुनै पनि राजनीतिक दललाइ जनताले हालसम्मका चुनावमा सानो ठुलो बनाएका छन् तर पातालमै पुर्याएका छैनन् । अब ठुला राजनीतिक दलहरुमा बैचारिक, साँस्कृतिक , सांगठानिक सुद्दिकरणको खाचो छ । अहिलेको बिश्व परिवेश र प्रबिधिले लैस नेता कार्यकर्ता र जनता बनाउनु छ ।अघिल्लो पुस्ताको नेत्रित्वको इतिहास र अनुभवलाई सम्मान गर्दै नयाँ नेत्रित्वको क्षमता र प्रतिबद्दताको कदर गर्दै उनीहरुलाई अवसर दिनु पर्छ ।त्यस पछी अहिलेका पुराना भनिएका दलहरु सफ्टवेरको ‘अपडेटेड भर्सन’ जस्ता हुनेछन । र कथित नयाँ भनिएका दल ‘पानीको फोका’जस्ता हुनेछन । न इतिहास , न अनुभव , न त्याग भएको कार्यकर्ता पंक्ति न त जनताको जग ? मात्र सामाजिक संजालको भर्च्युअल दुनियाँमा हङ्गामा मच्याउने कुराले ठुलो दल बन्दैन । आम संचार माद्यम र सामाजिक संजालमा छाएर ‘अनर अफ मल्टिमेडिया’ त पाइएला तर ‘अनर अफ पिपुल’ पाइदैन कि ? कसो फेसबुके नयाँ दलहरुका नेताज्यूहरु ? जनआस्था साप्ताहिक