२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबूकेहरुका नबिन फण्डा



अ+ अ-

अहिलेको सरकार वा राज्य व्यवस्था बिरुद्द लागेकाहरुको उद्देस्य फरक भएपनि सरकारलाइ हमला गर्न कहिँ न कहिँ मिलेमतो देखिने पनि गरेको छ ! सरकार तथा सरकारका अंगहरुले कहाँनेर गल्ति गर्लान वा समाजमा कहाँ नेर घटना, दुर्घटना होलान र त्यो घटना वा दुर्घटना पछी सरकार र सरकार संचालन गर्ने पार्टीको हात थियो भनेर आफ्नो बिरोधको दैनिकी चलाउला भनेर उनीहरु ढुकेर बसेका छन् ! यहाँ नेर सरकार र सरकारमा बस्नेहरुले चाँहि निकै राम्रो गरेका छन् भन्ने पुस्टि गर्नु मेरो उद्देस्य होइन ! अहिले सरकारमा बस्नेहरुले ठुल्ठुला ढंग पुर्याएका छैनन्, त्यो देखिएकै कुरा हो । तर उनीहरुको ढंग नपुग्दा सरकारलाई पुनरावलोकन गर्ने ठाँउ छ । वास्तविक जनताको सेवा गर्न सक्ने वा अहिलेको समस्या समाधान गर्न सक्ने नेताहरु सरकारमा गएर जनताको छिट्टै मन जित्नु पर्ने अनिवार्य आवश्यकता भैसक्यो ! त्यसैले सायद दुइ मध्ये नेकपाका एक अध्यक्ष प्रचण्डले भनेका होलान – अब सरकार को गिएर परिबर्तन गर्ने बेला भयो ।

सरकार र दैनिक प्रशासन संचालनको बाद बिबाद छोड्ने हो र राजनीतिक बहस गर्ने हो भने आगामी आधा शताब्दी सम्म अहिलेका नेकपा र नेपाली कांग्रेस वरीपरी नै नेपालको राजनीति घुम्ने देखिन्छ र अहिले नयाँ शक्ति वा बिबेकशील साझा भन्नेहरु बैकल्पिक राजनीतिक शक्ति बन्ने सम्भावना छैन । यसका पछाडी केहि खास कारण छन् । अहिलेका नेकपा र नेपाली कांग्रेस अघिल्लो आधा शताब्दिका विभिन्न आरोह अबरोह व्यहोरेर आएका पार्टी हुन् ! उनिहरु भित्र राजनैतिक आस्थाको बलियो संगठन छ । कम्तिमा तिन पुस्ता हुर्केका राजनीतिक दलहरुलाईअहिले नै पुराना भए भन्ने तर्क गर्नु राम्रो होइन । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्पस्ट खारिएको बिचार छ । राजनीतिक परम्परा छ , तीनवटा ब्यबस्था परिबर्तन गरेको इतिहास छ ।राणा , पंचायत र राजाको प्रत्यक्ष शासनलाइ पराजित गरेका अनुभवहरु छन् । क्षेत्रिय र अन्तरास्ट्रिय राजनीतिक तथा कुटनीतिक सम्बन्धका अनुभव छ । धेरै पटक शासन सत्ताको बागडोर सम्हालेका, सफल र असफल भएका अनुभवहरु छन् । ति सबै अनुभवहरुबाट खारिएको लाखौंको नेताहरुको दस्ता छ जसले करोड जनतालाई प्रशिक्षित गरेका छन् ।

केहि ब्यबहारिक सत्ता संचालनका खराव उदाहरण , आचरण र नैतिकतामा कमजोरको हातमा परिस्थितिबस पार्टी र सरकारका जिम्मेवारीहरु पुग्दा कहिलेकाही अक्षम्य गल्ति भएका छन् । त्यस्ता गल्ति गर्नेलाई जनताले दण्डित गरेका पनि छन् । कमजोर अर्थतन्त्र र साँस्कृतिक धरातलले गर्दा केहि नेताले गरेका भ्रस्टाचारजन्य गतिबिधिका कारण जनतामा बेला बेला निराशा फैलिएको भएपनि ठुला राजनीतिक दलहरु प्रति जनताको ठुलो गुनासो पनि देखिदैन ।किनकि कुनै पनि राजनीतिक दललाइ जनताले हालसम्मका चुनावमा सानो ठुलो बनाएका छन् तर पातालमै पुर्याएका छैनन् । अब ठुला राजनीतिक दलहरुमा बैचारिक, साँस्कृतिक , सांगठानिक सुद्दिकरणको खाचो छ । अहिलेको बिश्व परिवेश र प्रबिधिले लैस नेता कार्यकर्ता र जनता बनाउनु छ ।अघिल्लो पुस्ताको नेत्रित्वको इतिहास र अनुभवलाई सम्मान गर्दै नयाँ नेत्रित्वको क्षमता र प्रतिबद्दताको कदर गर्दै उनीहरुलाई अवसर दिनु पर्छ ।त्यस पछी अहिलेका पुराना भनिएका दलहरु सफ्टवेरको ‘अपडेटेड भर्सन’ जस्ता हुनेछन । र कथित नयाँ भनिएका दल ‘पानीको फोका’जस्ता हुनेछन । न इतिहास , न अनुभव , न त्याग भएको कार्यकर्ता पंक्ति न त जनताको जग ? मात्र सामाजिक संजालको भर्च्युअल दुनियाँमा हङ्गामा मच्याउने कुराले ठुलो दल बन्दैन । आम संचार माद्यम र सामाजिक संजालमा छाएर ‘अनर अफ मल्टिमेडिया’ त पाइएला तर ‘अनर अफ पिपुल’ पाइदैन कि ? कसो फेसबुके नयाँ दलहरुका नेताज्यूहरु ? जनआस्था साप्ताहिक




भर्खरै