१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन

साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन
अ अ+ अ-

काठमाडौँ । साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ ।

सुरभि साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अविनाशीको उक्त कृतिको प्राडा खगेन्द्रप्रसाद लुईँटेलले विमोचन गर्नुभयो । लामा लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशिल हुनुहुन्छ ।

कार्यक्रममा बोल्दै प्राडा लुईँटेलले नेपाली साहित्य क्षेत्रको विकासमा राम लामाले खेल्नुभएको भूमिका सराहनीय रहेको बताउनुभयो । “आफ्नो व्यापार व्यवसायबाट आम्दानी गरेको रकम साहित्य क्षेत्रमा लगानी गर्नु नेपाली साहित्य क्षेत्रका लागि गर्वको कुरा हो,”– उहाँले भन्नुभयो । उक्त कृतिमा आप्रवासको झल्को पाइएको उहाँको भनाई थियो । प्राडा लुईँटेलले कृति सरल र पठनीय रहेको उल्लेख गर्नुभयो ।

पुस्तकको समीक्षा गर्दै नेपाल सरकारका पूर्वसचिव एवम् समालोचक गोपी मैनालीले प्रवासमा रहेर नेपाली साहित्य, सङ्गीत र समाज सेवामा समर्पित व्यक्ति साहित्यकार लामा भएको बताउनुभयो । साहित्य मनका वेदना पोख्न लेखिने गरेको उहाँको भनाई छ । “पुस्तकमा विभिन्न क्षेत्रको वर्णन गरिएको छ, पुस्तक घटना, कथा, आख्यान, यात्रा सबैलाई समेटेको छ, उक्त कृति म पात्रमा आधारित भएर लेखिएको छ,”– उहाँले भन्नुभयो ।

व्यवसायका साथ सिर्जना गर्ने, यात्राका साथ जीवन खोज्ने, जीवनको सार्थकता सेवा र समर्पणमा देख्ने र सबै परिवेशमा नेपाली पहिचान खोज्ने प्रवृत्तिले उनलाई छुट्टै पहिचानमा उल्लेख गरेको समालोचक मैनालीले बताउनुभयो । उहाँले पुस्तकको भाषाशैली सरल रहेको बताउनुभयो ।

वरिष्ठ समालोचक एवम् पूर्व प्रशासक युवराज मैनालीले स्मृतिका बिम्बहरु विमोचनसँगै नेपाली साहित्यमा नयाँ इट्टा थपिएको बताउनुभयो । लेखकको मन नेपालमा र भौतिक शरिर अमेरिकामा भएको उहाँको भनाई थियो । समालोचक मैनालीले किताव सरल र सहज भएको बताउनुभयो । उहाँले कृति पठनीय भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ समालोचक लीला लुईँटेलले संस्मरण लेख्ने काम सारै गाह्रो भएको भन्दै नयाँ कृतिका लागि लेखकलाई धन्यवाद दिनुभयो । पछिल्लो समय संस्करण लेख्ने चलन फस्टाउँदै गएको उहाँको भनाई थियो ।

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसे, वरिष्ठ पत्रकार प्रदीप चापागाईँ, दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल चलचित्र क्षेत्रका निर्देशक आकाश अधिकारी, वरिष्ठ पत्रकार तारा बराल, लेखक केनी पाण्डेलगायतले प्रवासमा बसेर नेपाली साहित्य क्षेत्रको विकासमा साहित्यकार अविनाशीले पुर्‍याउनुभएको योगदान सबैका लागि उदाहरणीय रहेको बताउनुभएको थियो ।

यसअघि ‘पिल्सीएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसक्नुभएका साहित्यकार अविनाशीको आज विमोचन गरिएको नियात्रासङ्ग्रह तेस्रो कृति हो । उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक संस्मरण संग्रहित छन् ।

साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ शहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, बिरक्तिँदा खानी खोश्री, आफु गयौ नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली, क्यार्यौ कुन्नी जस्ता आधुनिक गीतहरु श्रव्यदृश्य प्रकाशित भइसकेका छन् ।

साहित्यकार लामाले डा. एपिजे अब्दुल कलाम इन्टरनेशनल अवार्ड २०२२, रारा राष्ट्रिय म्युजिक अवार्ड २०२२, हिमालयन इन्टरनेशनल जुरी अवार्ड २०२३ लगायतका उत्कृष्ट अवार्ड तथा सम्मानपत्र र पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।