२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताउनुभएको छ ।

आईतवार मन्त्रालयमा मन्त्री र सचिवका बीचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताउनुभएको हो ।

उहाँले अन्य छिमेकी राष्ट्रहरुले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरुप आग्रह गर्नुपर्ने बताउनु भयो । उहाँले चीनले विद्युत किन्ने कुरामा आफू आशावादी रहेको बताउनु भयो । उहाँले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताउनु भयो । मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानीपनि अन्तत्: राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जलविद्युतमा व्यक्ति, संस्था, नीजि संस्थाहरु जजसले लगानी गरेपनि २५/३५ वर्ष पछाडी मुलुकको हुने हो । ६४ खर्ब २८ हजार मेघावाट विद्युत उत्पादन गर्नलाई लगानी गर्दैछौँ भनेर जुन फिगर भनिएको छ, त्यो पूर्ण रुपमा नेपाल सरकारको हुने हो । अहिले हामीलाई १० खर्बको चालु खर्च र ५/७ खर्ब जुटाउन हम्मेहम्मे छ । ऋण छ । विद्युत उत्पादनका लागि सरकारको सम्पती हो यो । भोलि सबै नेपाली धनी हुने हो र प्रतिव्यक्ति आय बढाउने हो भनेर तल्लो तहको मान्छेसम्म बुझाउने दायित्व पनि हाम्रै हो । बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएको छ । हामीले चीनसँग पनि कुरा गरिराखेका छौँ । सबै छिमेकीहरुले किन्छन्, उहाँहरु आफैँले पनि उत्पादन गर्नुहुन्छ, फेरि पनि किन्नुहुन्छ । तपाईंहरुले थोरै किन्दा हामीलाई राहत हुन्छ भने तपाईंहरुले किन नकिन्दिने भनेर उहाँहरुसँग आग्रह गर्दा नहोला जस्तो मलाई लाग्दैन । म आशावादी प्रकारको मान्छे पनि हो । आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नुपर्ने छ ।’

उहाँले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनि हुनेगरी मोडालिटी बनाउनुपर्ने बताउनु भयो । पैसा नहुनेहरुले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उहाँको जोड छ ।