२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

माओवादी निर्णयले कांग्रेसमा हलचल, देउवा तनावमा !

माओवादी निर्णयले कांग्रेसमा हलचल, देउवा तनावमा !
file
अ अ+ अ-

काठमाडाैं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि कांग्रेसभित्र हलचल सिर्जना भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका बेला नै गठबन्धन दलबीच कांग्रेसलाई अध्यक्ष दिने सहमति भएको थियो । तर माओवादीले सहमतिविपरित आफैं उम्मेदवारी दिने निर्णय स्थायी कमिटीको बैठकबाटै गरेको हो ।

माओवादी केन्द्रको निर्णयले सत्तागठबन्धनमा नयाँ संकट थपिएको छ । राष्ट्रिय सभाको अध्यक्ष मात्र नभएर आगामी वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा पनि माओवादीले आफ्नै उम्मेदवार उठाउने भएको छ । यी दुवै क्षेत्रमा गतवर्ष भएको चुनावमा कांग्रेसका उम्मेदवारलाई माओवादीले सहयोग गरेको थियो । यस पटक पनि ती क्षेत्रमा माओवादीको सहयोग अपेक्षा कांग्रेसले राखेको छ ।

माओवादीले गठबन्धन दलहरुबीच भएको पूर्वसहमतिविपरित निर्णय गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा तनावमा परेका छन् । माओवादी आफ्नो निर्णयबाट पछि नहटे सत्ता गठबन्धन नै संकटमा पर्ने भय देउवामा छ । किनकी अब प्रधानमन्त्री बन्ने पालो देउवाको छ । माओवादीकै कारण गठबन्धन भत्किए आफू प्रधानमन्त्री बन्न नपाइने हो कि भन्ने चिन्ता देउवाको छ ।

त्यसो त माओवादी केन्द्रले गठबन्धनमा भएको सहमतिविपरित राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निणय त्यत्तिकै भने गरेको होइन । कांग्रेसले यसअघि पटकपटक धोका दिएका कारण अब राष्ट्रिय सभाको अध्यक्ष आफूले पाउनुपर्ने माग माओवादीको छ । कोशी प्रदेशको मुख्यमन्त्री, सभामुख र एक जना राष्ट्रिय सभा सदस्य कांग्रेसभित्रको अन्तरविरोधका कारण गुमाउनुपरेको पीडा माओवादीलाई छ । त्यसैगरी कांग्रेस महासमिति बैठकमा सहयात्री दललाई होच्याउने गरी भएको छलफलप्रति पनि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल असन्तुष्ट छन् । त्यसमाथि आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेसको नीतिगत निर्णयले दाहाल झन् दबाबमा छन् । त्यही कारण कांग्रेसको सेखी झार्न पनि उनले पार्टीबाटै राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्ने निर्णय गराएका हुन् ।

पार्टीले गरेको निर्णय बोकेर अध्यक्ष दाहालले अब कांग्रेससँग छलफल गर्ने तयारी गरेका छन् । यसले देउवालाई दबाब पुग्ने र सरकार सञ्चालनमा सहज वातावरण बनाउने चाहना उनको छ । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने दायित्वमा रहेका दाहाललाई यही निर्णय देखाएर देउवालाई तर्साउने र आफ्नो सत्ता यात्रासमेत केही लम्ब्याउने रणनीति बनाएको हुनसक्ने विश्लेषण हुन थालेको छ ।

त्यसो त प्रधानमन्त्री दाहाल राजनीतिका चतुर खेलाडी हुन् । उनले अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धमा सुधार ल्याएका छन् । दुई नेताबीच पछिल्ला दिनमा पटकपटक भेटघाट भइरहेको छ । यो भेटघाटले पनि देउवालाई तनावमा पारेको छ । आफ्नो स्वार्थका लागि जतिसुकै बेला पार्टीभित्रबाट जे पनि निर्णय गराउन सक्ने क्षमताका दाहाल कतै ओलीसँग मिलेर आफूलाई अलग पार्ने हुन् कि भन्ने चिन्ता देउवाको छ ।

राष्ट्रिय सभाको अध्यक्षमा आफ्ना उम्मेदवारलाई जिताउन माओवादी केन्द्रले एमालेलाई फकाउन खोजिरहेको छ । माओवादीका दोस्रो तहका केही नेता पछिल्ला दिनमा एमालेका नेताहरुसँग निरन्तर संवादमा छन् । गठबन्धन फुटाउने बहाना खोजिरहेको एमालेले पनि माओवादीलाई हौसाउँदै छ । उसले राष्ट्रियसभामा माओवादीलाई सहयोग गर्ने बचनसमेत दिइसहेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा एमालेसँग जम्मा १० सांसद छन् । यो मतले आफ्नो उम्मेदवार जिताउन नसक्ने भएकाले गठबन्धनमा बिद्रोह ल्याउन माओवादी केन्द्रलाई समर्थन गर्न एमालेलाई कुनै समस्या छैन ।

माओवादीभित्रको एउटा समूह एमालेसँग गठबन्धन गर्नुपर्ने माग राख्दै आएको छ । एमालेसँग गठबन्धन गर्दा २०८४ सालको चुनावमा माओवादीलाई तुलनात्मक रुपमा बढी लाभ हुने विश्लेषण यो समूहको छ । माओवादीभित्रको एमाले निकट समूहले प्रधानमन्त्री दाहाललाई मनाउन सकेमा कांग्रेस राष्ट्रिय सभा चुनावमै एक्लिन सक्छ । यो भएमा निकट भविष्यमै आफ्नो पोल्टामा पर्न लागेको प्रधानमन्त्रीको पद खुस्किने हो कि भन्ने चिन्ताले देउवालाई सताएको देखिन्छ ।