६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

कलामा कलंक !

कलामा कलंक !
अ+ अ-

काठमाडौं । नेपालका मूलधारका सञ्चारमाध्यमले सत्यतथ्य र विश्वसनीय समाचार र कार्यक्रम प्रशारण गर्दै आएका थिए । बौद्धिक जगतले अहिले पनि मूलधारका सञ्चारमाध्यमले लेखेका समाचारलाई मात्रै आधिकारिक मान्छन् । सरकारले पनि यिनै मूलधारका सञ्चारमाध्यमका कुरा सुन्छ ।

पछिल्लो समय झोलामै कार्यालय भएका केही अनलाइन पोर्टल र युट्युबसँग जुध्न भने मूलधारका सञ्चारमाध्यमलाई कठिन भएको छ । अझ भन्ने हो भने युट्युब त झन् सरकारी नियमनभन्दा बाहिरका छन् । तर यिनै युट्युवले मूलधारका सञ्चारमाध्यमले उपेक्षा गरेका विषयलाई उतारेर अहिले लोकप्रिय बनिरहेका छन् ।

औपचारिक सञ्चारमाध्यमहरु देशको नियम–कानुन एवं आचारसंहिताको परिधिभित्र बाँधिएका हुन्छन्, तर युट्यूवहरु कुनै पनि प्रकारको नियमनमा छैनन् । भ्यूजको होडमा युट्यूवमा अति नै छाडा सामग्री पोस्ट हुने गरेका छन् । दर्शकले पनि यस्तै सामग्री बढी हेर्ने गरेका छन् । जबकी यस्ता युट्युवका कन्टेन्टमा कुनै सत्यता हुँदैन । हावादारी गफले भरिएका सामग्री भने दर्शकमाथि लोकप्रिय बन्ने गरेका छन् ।

हो, युट्यूबले सबैभन्दा बढी असर टेलिभिजनलाई पारेको छ । टेलिभिजनको विज्ञापन खोसिएको छ । दर्शक घटेका छन् भने स्तरीय सामग्री बनाउनसमेत धौधौ परेको छ । यस्तो अवस्थामा युट्युबहरुका हल्काफुल्का सामग्रीले बजार लिएको छ । यस्तै सामग्री र युट्युबहरुले टेलिभिजनको व्यापार घटाएको छ । त्यसलाई चिर्न टेलिभिजनले सकेका छैनन् ।

त्यसो त युट्युवमा गुणस्तरहीन सामग्रीमात्र पनि छैनन् । पछिल्ला दिनमा धेरै राम्रा–राम्रा टक शो र मनोरञ्जनात्मक कार्यक्रमहरू युट्यूवमा हेर्न पाइन्छ । सेलिब्रिटीसँग जोडिएका विषयवस्तुहरूमा टेलिभिजनभन्दा युट्यूवर धेरै अगाडि छन् । राष्ट्रिय टेलिभिजनले उपेक्षा गरेका, मान्छे नगनेका मान्छेहरूलाई युट्यूवले स्पेस दिन थालेपछि उनीहरूको लोकप्रियता बढ्न थालेको हो । यसरी युट्यूवले ‘ओभरल्याप’ गर्दै जाँदा राष्ट्रिय टेलिभिजनहरु भने धर्मराएका छन् । यही बेलामा दर्शक तान्ने सामग्री बनाएर प्रसारण गर्नुपर्ने दायित्व टेलिभिजनहरुमा थपिएको छ । त्यसरी कार्यक्रम बनाएर प्रशारण गर्दा दर्शकले बढी हेर्ने र भ्यूजसमेत बढाउन सहयोग पुग्ने अपेक्षा टेलिभिजनहरुको छ । तर भ्यूज बटुल्ने लालसामा भुल्दा राष्ट्रिय टेलिभिजनको हैसियतमा धक्का पुगेको छ ।

पछिल्लो पटक गत शनिबार कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको इट्स माइ शो ले पनि दर्शक बढाउन लाजमर्दा सामग्री प्रशारण गरेको छ । यो सामग्री अहिलेसम्म यूट्यवबाट मात्रै पाँच लाखभन्दा बढीले हेरिसकेका छन् । भ्यूज राम्रैसँग बढेको छ । तर आलोचना भने बेस्सरी सुन्नु परेको छ ।

इट्स माइ शोकी नयाँ सञ्चालिका ओसिन सिटौलाले दुई जना महिला कलाकारलाई सोधेको प्रश्न यस्तो छ कि नेपाली समाजले नै पचाउन सक्दैन । सामाजिक सञ्जालमा यी प्रश्न भाइरल बनेका छन् । टेलिभिजनको चौतर्फी विरोध भइरहेको छ । कान्तिपुर जस्तो संस्थाले प्रशारण गरेको यो सामग्रीकै कारण कार्यक्रम नै विवादमा परेको छ ।

कार्यक्रममा व्यक्तिको निजी मामिलामा जबरजस्ती प्रश्न सोधिएको छ । त्यसको उत्तर पनि फटाफट आएको छ । यसरी नेपाली समाजलाई नै अपाच्य देखिने यी शब्दलाई हटाइने बारे टेलिभिजनले कुनै चासो दिएको छैन । यसले नेपाली मूल धारका सञ्चारमाध्यमको गुणस्तरीय सामग्री र विश्वसनियतामा धक्का पुगेको छ ।

यसले युट्युवहरुसँग प्रतिस्पर्धा गर्न अश्लिल भिडियो नै पोस्ट गर्नुपर्ने बाध्यतामा मूलधारका सञ्चारमाध्यम पुगेका हुन त भन्ने प्रश्न उठेको छ । यदि यस्तै हो भने नेपाली मूलधारका सञ्चारमाध्यमको अस्तित्व नै जोखिममा पर्ने छ ।