६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका युवा मामिलासम्बन्धी विशेष दूत एबी फिनकेनाउर नेपाल भ्रमणका लागि काठमाडौँ आउनु भएको छ ।

विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने तथा लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रममा सहभागी हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।

‘उनको मुख्य भूमिका युवाको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्ध स्थापना गर्नु हो। यसले लोकतन्त्रको प्रवर्द्धन र प्रगतिको लागि मार्ग प्रशस्त गर्नेछ,’ दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

फिनकेनाउरको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउनुका साथै युवालाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणमा सहयोग गर्ने दूतावासले जनाएको छ।