१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता



अ+ अ-

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता भएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच उर्जा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

कार्यक्रमपछि सम्झौताबारे जानकारी दिँदै इप्पानका महासचिव बलराम खतिवडाले क्यानडामा धेरै ड्यामहरु बनेको र नेपालले पनि २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै त्यसको लागि नेपालमा पनि ठूला ड्यामहरु बनाउन आवश्यक रहेकाले अनुभव लिनका लागि सम्झौता गरिएको बताउनु भयो । उहाँले नेपालमा ठूला ड्यामहरु बनाउन क्यानडाको प्रविधि र तालिम आवश्यक हुने भन्दै क्यानडा ड्याम एशोसिएशनसँग सहयोगको सम्झौता गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्यानेडियन ड्याम एशोसिएशन र इप्पानबीच जुन हाम्रो एउटा कोलाब्रेशन भइरहेको छ । क्यानडामा धेरै ड्यामहरु बनेका छन् । राम्रो राम्रो कन्सलटेण्टहरु र यसमा धेरै अनुभव भएको संस्था हो । नेपालमा पनि अब हामीले २८ हजार ५ सय मेगावाट जुन लक्ष्य लिएर सरकार अघि बढिरहँदा यहाँ पनि ठूलाठूला ड्यामहरुको निर्माण गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रविधि हस्तान्तरण र यहाँको टे«निङ लगायतका कामहरुमा प्राविधिक रुपमा सपोर्ट गर्नेगरी यो कार्यक्रम हामीले आयोजना गरेको हो । प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र उहाँहरुले गरेको अनुभव शेयर गर्ने, प्राविधिक पक्ष भिजिट गर्ने भएकाले यो आगामी दिनमा आवश्यक भएकाले गरेका हौँ । यो महत्वपूर्ण भएको छ । इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच आज सम्झौता भयो । प्रत्येक वर्ष क्यानडामा पनि यो कार्यक्रम हुन्छ, नेपालमा पनि हुन्छ । उहाँहरुले टे«निङ पनि दिने भन्नुभएको छ ।’

उहाँले जलविद्युतको क्षमता बिस्तारका लागि ठूला ड्यामहरुको आवश्यक पर्ने भन्दै नेपालले उनीहरुबाट धेरै अनुभव लिनसक्ने बताउनु भयो ।