• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

बिग ब्यासमा सन्दीपले लिए दुई विकेट



काठमाडौं । नेपालका युवा बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिगको पहिलो खेलमै दुई विकेट लिएर सनसनीपूर्ण सुरुआत गरेका छन् ।

मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेलमै उनले दुई विकेट लिएका हुन् ।

मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले आठौं ओभरमा सन्दीपलाई बल दिएका थिए । उनले दोस्रो बलमै शेन वाट्सनको विकेट लिए ।

ओभरको अन्तिम बलमा क्यालम फर्गुसनको विकेट लिए । त्यसपछि आफ्नो तीन ओभरमा भने उनले विकेट लिन सकेनन् र समग्र चार ओभरमा ३६ रन खर्चिए ।

यद्यपी खेलमा मेलबोर्न स्टार्स १५ रनले सिड्नी थन्डर्ससँग पराजित भएको थियो ।

खेलको पूर्वसन्ध्यामा मेलबर्न स्टार्सका कप्तान म्याक्सवेलले सन्दीपको खुलेर प्रशंसा गरेका थिए ।

‘मैल आईपीएलका केही खेलमा उनको बलिङ हेरेको थिएँ, उनमा ब्याट्सम्यानलाई छक्याउने कला छ,’ म्याक्सवेलले भने, ‘उनी हाम्रो टिमका स्टार हुन् ।’

शारीरिक रुपमा धेरै बलियो नभए पनि सन्दिपको बलिङ ‘स्मार्ट’ भएको म्याक्सवेल बताउँछन् । नेटमा प्राक्टिस गर्दा मलाई उनको बलिङ बुझ्न धेरै दिन लाग्यो । म उनलाई सिधा हान्ने प्रयास गर्थेँ र बोल्ड हुन्थे । आशा छ बीबीएलमा उनको बलिङले विपक्षी ब्याट्सम्यानहरुलाई हैरान बनाउने छ ।