• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

दुव्र्यवहारको भत्सर्ना



काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकारमाथि दुव्र्यहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले समाचार सङ्कलनका क्रममा प्रदेश टुडे दैनिकका प्रियास्मृति गजमेर, रेडियो देउखुरीका शिवराज खनाल र गणतन्त्र दैनिकका शिवु खनालमाथि इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डे नेतृत्वको प्रहरी टोलीले दुव्र्यवहार गर्दै उहाँहरुले खिचेको फोटोसमेत मेटाइदिएको जनाएको छ ।

यही पुस ८ गते कञ्चनपुरबाट छ ट्रकमा झापातर्फ गोरु लाँदै गर्दा हिन्दू जागरणका कार्यकर्ताले अवरोध गरेको समाचार सङ्कलनका लागि लठ्ठहवा भन्ने स्थानमा पुगेका पत्रकारलाई प्रहरी टोलीले दुव्र्यवहार गरेको महासङ्घको विज्ञप्तिमा जनाइएको छ । समाचार सङ्कलन र सम्प्रेषण गर्ने पत्रकारको संवैधानिक अधिकारलाई प्रहरीले अवरोध सिर्जना गरी पत्रकारमाथि दुव्र्यवहार गर्नु र समाचार सामग्री मेटाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । रासस