• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   बजेटबारे समीक्षा हुन आवश्यक छः अध्यक्ष ओली ★   कर्णालीको बजेट ३१ अर्ब ४१ करोड ★   अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा ★   उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी ★   अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द ★   देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली ★   वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने ★   जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा ★   पाथीभरामा जेठ महिनामा मात्रै १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन ★   सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन

२४ घण्टाभित्र नेटफ्लिक्समा सबैभन्दा हेरिएको सिरिज, नरकका जल्लादले पूरा गर्छन् भविष्यवाणी



काठमाडौँ । ओटिटी प्लेटफर्ममा नेटफ्लिक्समा एकपछि अर्को राम्रा सिरिज र फिल्महरु छन् । तर के तपाइँलाई थाहा छ कि पछिल्लो २४ घण्टाभित्र एउटा सिरिजलाई सबैभन्दा धेरैपटक हेरिएको छ । यो सिरिजले स्क्विड गेमलाई पनि पछाडि पारिदिएको छ । 

यो सिरिजको लोकप्रियताबाटै अनुमान गर्न सकिन्छ कि विश्वभरका दर्शकहरु यसलाई कति मन पराउँछन् । नेटफ्लिक्समा पछिल्लो २४ घण्टामा हेलबाउण्ड सिरिजलाई सबैभन्दा धेरै पटक हेरिएको छ । यो दक्षिण कोरियाली थ्रिलर सिरिज हो । 

यसमा नरकबाट जल्लाद आएर भविष्यवाणी पूरा गर्छन् । यो सिरिज स्क्विड गेमलाई पछाडि पार्दै पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा धेरै पटक हेरिएको सिरज बनेको छ । फ्लिक्सपेट्रोल एनालिटिकले यसको पुष्टि गरेको हो । यो सिरिजले इन्टरनेटमा सनसनी मच्चाएको छ र यसलाई दर्शकले अत्यधिक रुचाएका छन् । 

यो सिरिजको निर्देशन यओन साङ–हो ले गरेका हुन् । उनले अत्यन्त सफल जम्बी थ्रिलर ट्रेन टु बुसानको पनि निर्देशन गरेका थिए । हेलबाउण्ड विश्वभरका ८० भन्दा धेरै मुलुकमा प्रदर्शित भएपछि रिलिज भएको २४ घण्टाभित्र सबैभन्दा धेरै पटक हेरिएको सिरिज बनेको छ । 

यो सिरिज स्वर्ग र नरकको अवधारणामाथि बनेको हो र यसमा स्वर्गका दूतहरु खराब मनुष्यहरुलाई नरकमा लैजानका लागि धर्तीमा आएको देखाइएको छ । यसअघि स्क्विड गेमलाई ११ करोड १० लाख मानिसले हेरेका थिए । यो नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएको सिरिजको दौडमा ट्रेन्ड भइरहेको थियो । तर अब हेलबाउण्ड योभन्दा अगाडि निस्किएको छ ।