२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे



फाईल फोटो
अ+ अ-

रसुवा । यस वर्ष गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गङ्गादशहरा स्नान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गत जेठ २५ गतेदेखि यही असार २ सम्म आठ सय ८७ महिला र आठ सय पुरुषले गङ्गादशहरा स्नान गरेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो । यो सङ्ख्या गत वर्षको तुलनामा ३० प्रतिशतले बढी भएको उहाँको भनाइ छ ।

समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जानेहरुको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्तीटोली खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताउनुभयो ।

गङ्गादशहरा स्नानका अवसरमा स्वदेशीसँगै ४९ जना विदेशी पनि सहभागी थिए । स्नानका लागि एक सयभन्दा बढी यात्रुहरु हेलिकप्टरमार्फत गोसाइँकण्ड पुगेका थिए ।

चालु आर्थिक वर्षसम्म असार १ गतेसम्म गोसाइँकुण्डमा २१ हजार पाँच सय १८ नेपालीहरु पुगेको निकुञ्जका संरक्षण अधिकृत सापकोटाले जानकारी दिनुभयो । केही वर्षअघिसम्म गङ्गादशहरामा १० दिन र जनैपूर्णिमा पाँच दिन गरी वर्षमा १५ दिन मात्रै गोसाइँकुण्डमा तीर्थ गर्ने चलन थियो ।

काठमाडौँबाट मोटरमा धुञ्चे पुगेपछि सोहि दिन खन्ति, देउराली र चन्दनवारीलगायतका स्थानमा बास बस्न पुग्न सकिन्छ । खाना र बस्नका लागि गोसाइँकुण्ड, लौरीविनायक, चोलाङपाटी,  चन्दनवारी, डिम्सा, देउराली, खन्ति  तिवारीवगर समेतका स्थानमा होटल तथा लज सञ्चालनमा रहेको  होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउनुभयो ।