• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

मास्टर सेफ सन्तोष साहले देखेको कर्णाली -भिडियो सहित



काठमाडौं । जीवनमा आफूले नदेखेको, नसोचेको कुनै पनि स्थान या विषयको चर्चा कसरी गर्ने ? यो बडो गाह्रो काम हो । लाग्छ, त्यसको बयान गर्न शब्द या भाषा नै पुग्दैन होला । यो समस्याले ठूला ठूला साहित्यकार, लेखकलाई पनि सताउने गरेको अनुभव उनीहरु समय समयमा व्यक्त पनि गरिरहेका हुन्छन् । त्यसैले कुनै पनि वस्तु, स्थान या विषयको सुन्दरताको बयान सजिलो काम होइन ।

आँखाले देखेको रारा तालको बयान कसले कसरी गर्न सक्ला ? मानिसले सुन्ने गरेको स्वर्ग त्यहीँ देख्छ तर त्यसलाई शब्दमा पोख्न नसक्न पनि सक्छ । यस्तै अप्ठेरो परेको थियो गत हप्ता कर्णाली र राराको बयान गर्न मास्टर सेफ सन्तोष साहलाई पनि । उहाँसहित ग्लोबल एकेडेमी अफ टुरिजम एंड हस्पिटाळिटी एजुकेसनका प्रमुख कार्यकारी अधिकृत तथा नव निर्बाचित प्यासिफिक एसिया टुरिजम एसोसियसन नेपाल च्याप्टरका अध्यक्ष खेमराज लकाई र वरिष्ठ पत्रकार मनऋषि धितालको अघिल्लो हप्ता भएको कर्णाली भ्रमणको बयान ललितपुरको झम्सीखेलमा हालै खोलिएको मिथिला थाली रेष्टुरेन्टमा साहले सुनाउँदै हुनुहुन्थ्यो ।

अध्यक्ष लकाइले कर्णालीलाई नेपाली मानव जातिको र मानव सभ्यताको जिवीत संग्रहालयको संज्ञा दिनुभयो भने सन्तोष साहले कुनै भाषाका शब्दमा व्यक्त गर्न नसकिने अद्भुत र अद्धितीय ठाउँ र सभ्यता भन्नुभयो । आफूले जीवनमा पहिले पटक देखेको र भोगेको तथा यो भूगोलको अन्य कुनै पनि स्थानसँग तुलना गर्न नमिल्ने सुन्दरतासँग तुलना गर्नुभयो । उहाँले कर्णाली अहिलेसम्म अग्र्यानिक नै रहेकाले त्यसलाई कर्णालीले मात्र नभएर देशले नै बचाउनुपर्ने बताउनुभयो ।

उहाँको भनाई थियो “लाग्छ औषधि प्रयोग नगरिएका खाद्यान्न पाउन अब संसारमा मुस्किल भैसकेको छ । तर कर्णालीको माटोले अझै विषधि औषधि देखेको छैन । त्यसैले यसको संरक्षण र सम्बर्धन गर्न सकियो भने संसारलाई यही बेचेर पनि हामी सम्पन्न हुन सक्छौँ ।” खाना कुनै पनि देशको संस्कृति र सभ्यता हो भन्दै यो अग्र्यानिक उत्पादन र खाद्यान्नले कर्णालीको काँचुली फेर्न सक्ने उहाँको तर्क थियो । कर्णाली प्रकृति, संस्कृति, सरलता र सभ्यतामा संसारकै सम्पन्न रहेको अनुभव उहाँले सुनाउनुभयो ।

मास्टर सेफका रुपमा स्थापित साहको बेलायतबाट सुरु भएको सेफको यात्रा आफ्नै जन्मभूमि नेपाल फर्किएको छ र पछिल्लो समय मिथिया थालीका रुपमा जनकपुरदेखि ललितपुरसम्म छिरेको छ । केही दिनमै राजधानी काठमाडौँको अन्य स्थानमा पनि यो थालको थालनी हुदैछ । यसरी एक सेफको आँखाबाट उहाँले कर्णालीमा पनि कर्णाली थालीको भविष्य देखेको बताउनुभयो ।

सोही कार्यक्रममा रहेका नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा स्थापित अभिषेक विक्रम शाहसँग कर्णालीमा बन्न लागेको रिसोर्टमा कर्णाली थाली खाना सर्भिस गर्न सुझाव दिनुभयो । अष्ट्रेलियामा रहेका नेपालीहरुको एक बिजनेस समूह एक्सपर्ट ग्रुपले रारामा रिसोर्ट सुरु गर्दैछ र सो समूहमा अभिषेक बिक्रम शाह पनि हुनुहुन्छ । त्यसैले सो होटलमा कर्णालीको स्थानीय र रैथाने खानालाई कर्णाली थालीका रुपमा विकास गर्न सेफ साहको सुझाव थियो ।