७ माघ २०८१, सोमबार
January 20, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.38

Wind: 1.03

Humidity: 28

Latest
जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन: प्रधानमन्त्री पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक पक्राउ विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता नेकपा एसको वार्षिक आम्दानी ४ करोड २४ लाख, घाटा ३२ लाख खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’ कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु, हजारौँ विस्थापित अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते दस जनालाई ‘नइ पुरस्कार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो



अ+ अ-

काठमाडौँ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सकिएको छ ।

मंगलबार नयाँ बानेश्वरमा बसेको बैठकमा सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

मन्त्रालयले १९ मध्ये २ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गरिसकेको जानकारी दिएको छानबिन समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

बैठकपछि बोल्दै उनले भनिन्,‘समस्याग्रस्त भनेर तोकिएका १९ मध्ये १७ वटा सहकारीको मात्रै अनुसन्धान गर्नुपर्ने देखियो दुईवटाले रकम फिर्ता गरेको बुझियो । ब्रिफिङका क्रममा कानुनी जटिलतालगायतका विषयमा पनि कुराकानी भयो ।’

समितिको अर्को बैठक भोलि बस्ने न्यौपानेले बताइन् ।

सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते छानबिन समिति गठन भएको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन समय दिईएको छ ।