९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

घुमेरै सके मन्त्रीले दश महिनामा साढे दुई करोड

घुमेरै सके मन्त्रीले दश महिनामा साढे दुई करोड
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीलाई झकझक्याइरहेका छन् । तर, १० महिने कार्यकालमा मन्त्रीहरूले जिल्ला भ्रमणमा गरेको खर्च केलाउँदा कसैले पनि निर्देशन पालना गरेको देखिन्न । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो मन्त्रिपरिषद्’ लाई पनि उछिनेका छन् । २०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करिब साढे २ करोड रुपैयाँ सिध्याइएको छ । देउवा सरकारका ६४ मन्त्रीले करिब १ वर्षमा २ करोड ८८ लाख रुपैयाँ खर्चिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसारयत्तिको रकम दैनिक भत्ता र हवाई टिकटमा मात्र खर्च भएको हो । मन्त्रीहरूले जिल्ला भ्रमण र अनुगमनमा जाँदा सम्बन्धित मन्त्रालय र मातहत कार्यालयबाट समेत रकम र इन्धन लिने गरेका छन् । प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूलाई तलब, भत्ता र इन्धन उपलब्ध गराएपनि दोहोरो सुविधा लिइरहेका हुन् ।

‘खर्च कटौती गर्न प्रधानमन्त्रीज्यूले मितव्ययी बन्न भने पनि मन्त्रीहरूको पारा पहिलाको जस्तै छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘अघिल्लो सरकारका मन्त्रीले भन्दा अचाक्ली खर्च गरी बिल पेस गर्ने प्रवृत्ति बढेको छ, प्रधानमन्त्रीको शून्य सहनशीलता र सरकारलाई मितव्ययी बनाउने मक्सद पूरा भइरहेको छैन ।’ खर्च घटाउने प्रधानमन्त्रीको निर्देशनअनुसार कर्मचारीले पाउँदै आएका विभिन्न शीर्षकका भत्ता भने कटौती गरिएका छन् ।

मन्त्रीहरूले जिल्ला भ्रमण गर्दा एक दिनको ३ हजार रुपैयाँ भत्ता पाउँछन् । मन्त्रीसँगै भ्रमणमा रहने कर्मचारी ९स्वकीय सचिव र अन्य सहयोगी० ले पनि भत्ता पाउने व्यवस्था छ । मन्त्रालयका कार्यक्रम अनुगमन र स्थलगत अध्ययन भन्दै हरेक साताजसो भ्रमणमा निस्कने मन्त्रीहरू अधिकांश आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्ला पुगिरहेका हुन्छन् । मन्त्रीले विदेश भ्रमण गर्दा भने दैनिक २ सय ५० अमेरिकी डलर भत्ता पाउँछन् । युरोपेली मुलुकको भ्रमण गर्दा ३३ प्रतिशत थप गरिन्छ ।

यो अवधिमा २५ मन्त्रीले विभिन्न जिल्ला भ्रमण गरी रकम बुझेका छन् । २१ जना मन्त्रीले पटक–पटक विदेश भ्रमण गरेका छन् । प्रधानमन्त्रीले भने स्वदेश भ्रमणमा कुनै रकम बुझेको देखिन्न । गृहमन्त्री रामबहादुर थापाले पनि साउनदेखि मंसिरसम्म भ्रमणबापत रकम नबुझेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो । थापाले चैतदेखि असारसम्म भने दैनिक भ्रमणभत्ता, भ्रमण खर्च र हवाई टिकटबापत ८४ हजार ८ सय रुपैयाँ बुझेका छन् । २५ जनामा थापा नै सबभन्दा कम रकम बुझ्ने मन्त्री हुन् ।

सबभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले १३ लाख ८३ हजार ९ सय ६० रुपैयाँ बुझेका छन् । जबकि देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक वर्षमा ८ लाख ९३ हजार बुझेका थिए । ६४ सदस्यीय उक्त मन्त्रिपरिषद्मा यो नै सबैभन्दा बढी भत्ता रकम थियो । यो अवधिमा मन्त्री पण्डित धेरैपटक निर्वाचन क्षेत्रसमेत रहेको मोरङको विराटनगर गएको देखिन्छ ।

यसबाहेक पण्डितले सर्लाही, रूपन्देही, पाल्पा, सुनसरी, नुवाकोट, कपिलवस्तु, झापा, पर्सा, स्याङ्जा, चितवन, कास्की र मकवानपुर भ्रमण गरेको बिलभर्पाइ बुझाएर रकम लिएका छन् । पण्डितले चीन र भारतको समेत भ्रमण गरेका छन् । दुवै देशमा उनी पत्नी विमला महत र सचिवालयका कर्मचारी लिएर गएका थिए । सुरुमा उनले आफू पनि विदेश भ्रमण नगर्ने र तह र मन्त्रालयका कर्मचारीलाई पनि अनावश्यक विदेश भ्रमण गर्न नदिने अडान लिएका थिए ।

पण्डितपछि बढी भ्रमणभत्ता लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पर्छन् । उनले १२ लाख ९७ हजार ७ सय २० रुपैयाँ बुझेको देखिन्छ । अधिकारीले क्यानडा, अमेरिका, चीन र बंगलादेश भ्रमण गरेका छन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले १० लाख ३३ हजार ४ सय ७० रुपैयाँ बुझेका छन् । उनले पनि दुईपटक चीन, जेनेभा र कोरिया भ्रमण गरेका छन् ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले ९ लाख ५५ हजार ५ सय ३० रुपैयाँ बुझेका छन् । विदेश भ्रमणमा उनी श्रीलंका र भारत मात्र गएको देखिन्छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ९ लाख १८ हजार ४ सय ३५ रुपैयाँ बुझेका छन् । उनी भारत, मंगोलिया र चीनसमेत गएका छन् ।

कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनालले भ्रमणभत्ताबापत ६ लाख ८३ हजार १ सय रुपैयाँ बुझेका छन् भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ५ लाख ९४ हजार १ सय लिएका छन् । यादवले पटक–पटक भारत ९नयाँदिल्ली०, जेनेभा र चीन भ्रमण गरेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ४ लाख ३५ हजार १ सय बुझेकी छन् । यसबीच उनी चीन र बेलायत गएको प्रधानमन्त्री कार्यालयको रेकर्डमा छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले ३ लाख ९७ हजार ५० र खानेपानीमन्त्री विना मगरले ३ लाख ५१ हजार ५ सय ५० रुपैयाँ भत्ता बुझेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २ लाख ४६ हजार ९ सय बुझेका छन् । यो अवधिमा उनले स्विट्जरल्यान्ड, जर्मनी, इथियोपिया, कोरिया, दुबई र भारत भ्रमण गरेका छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले २ लाख २७ हजार २ सय ४० रुपैयाँ भ्रमणभत्ता बुझेका छन् ।

उनले चीन, अमेरिका, इथियोपिया, किर्गिस्तान, इजिप्ट र पोल्यान्ड भ्रमण गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री कार्यालयबाट २ लाख ११ हजार ३ सय ५० रुपैयाँ भ्रमणभत्ता बुझेका छन् । यसबीच उनी तीनपटक जेनेभा, पटक–पटक भारत, थाइल्यान्ड, भियतनाम, स्विट्जरल्यान्ड, बेलायत र काजकस्तान गएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ लाख २ सय भत्ता बुझेका छन् । १० महिनाको अवधिमा बढी विदेश भ्रमण गर्नेमा पर्छन् उनी । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले १ लाख ४९ हजार ६ सय, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले १ लाख २९ हजार ७ सय, अर्थमन्त्री युवराज खतिवडाले १ लाख ४० हजार ५ सय, पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले १ लाख १५ हजार २ सय १५, ऊर्जामन्त्री वर्षमान पुनले १ लाख ८६ हजार ७ सय ५०, पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले १ लाख २२ हजार १ सय १० रुपैयाँ बुझेको रेकर्ड छ ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीले ६ लाख ६२ हजार ६ सय ८५, भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले ३ लाख ३७ हजार ७ सय ९०, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले १ लाख ९५ हजार र कानुनमन्त्री भानुभक्त ढकालले १ लाख ६४ हजार ८ सय रुपैयाँ भत्ता बुझेका छन् । रक्षामन्त्री पोखरेलले पोल्यान्ड, चीन र लेबनान, खानपानीमन्त्री मगरले भारत, दुबई र चीन, कानुनमन्त्री पोखरेलले अफ्रिका, ऊर्जामन्त्री पुनले सर्बिया, चीन, थाइल्यान्डलगायत भ्रमण गरेका छन् ।