• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

बम्जनको आश्रमबाट एक जना पक्राउ, बेपत्ता पारिएका व्यक्तिहरुको खोजी कार्य जारी



सिन्धुली । “लिटिल बुद्ध” भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट ईन्द्रबहादुर स्याङतानलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आश्रममा रहेका गोपाल योन्जन पनि बयानको लागि आएको बताईएको छ । पक्राउ परेका स्याङतानमाथि सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।

सिन्धुपाल्चोकबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले पहिलो चरणमा आश्रमबाट हराएका सञ्चलाल वाईवाको अनुसन्धानमा केन्द्रीत रहेको जनाएको छ।