१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साओमीको ४८ मेगापिक्सल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक



अ+ अ-

काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता साओमीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । साओमीले यसपटक रेडमी नोट ७ स्मार्टफोन सार्वजनिक गरेको हो ।

चीनमा सार्वजनिक गरिएको उक्त फोनमा ४८ मेगापिक्सलको क्यामेरा रहेको कम्पनीले जनाएको छ । फोनको ४ हजार एमएएच ब्याट्री क्षमता रहेको छ।

उक्त स्मार्टफोनमा ६४ र ३२ जीबी आन्तरिक मेमोरी क्षमतामा रहेको छ । र्‍याम भने ३,४ र ६ जीबीमा रहेको छ ।