• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन ★   रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित) ★   प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन

न्याय खोज्ने निर्मला पन्तको आमामाथि नै अन्याय, एक्कासी आएर कुटपिट



काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेविलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरेको राहात रकम लिन तयार र डिएनए परिक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहिवार कुटपिट गरेको दुर्गादेविले बताएकी छन् ।

भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा बिहीबार बिहान खाना बनाइरहेको बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेविले बताईन । उनले भनिन, ‘दुवै छोरी स्कुल गएका थिए, म भान्साका भात पकाईरहेकी थिएँ, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’

कुटपिट गर्न थालेपछि आफु बाहिर आएको उनले बताईन् । उनका अनुसार अरुको इसारामा चल्ने भन्दै दुर्गाका कपाल तानतुन गरेर गाली गर्दै कुटपिट गरेका थिए । निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसंग सल्लाह नै नगरि अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्यायको लागि पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्न तयार भएको बताएकी छन् ।

राहत बुझेपछि न्याय प्रभावित हुने बुवा यज्ञराज र कान्छी आमा लक्ष्मीको तर्क छ । उता, निर्मलाकी आमाले भने राहत बुझेर छोरीको भविष्य बनाउनुपर्ने तर्क गर्दै आएका छिन् ।

बावुु यज्ञराजले आफुले श्रीमतीलाई कुटपिट नगरेको दाबी गरेका छन् । किन सल्लाह नगररिकनै रगत दिएको र राहत बुझ्न तयार भएको भनि सोधेको उनले बताए । उनले भने, ‘मैले शुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिए, अहिले किन यसो गरेको भनेको मैलेँ सोधेको मात्र हो ।’

आफु पुसको महिनामा धर्नामा बसेर चिसो खाईरहेको भन्दै रगत नदेउ भन्दा भन्दै दिएको र सरकारले घोषणा गरेको रकम कहि नजाने भन्दै आफ्नो सहमति बिनै बुझ्छु भनेपछि आपत्ति जनाएको बताए ।

दुर्गादेविले बुधवार निर्मलाको ‘भजाइनल स्वाब’ को वैधानिकता जाँच्न आफ्नो रगतको नमुना दिएकी थिइन । रगतको नमुना दिदै उनले तीनै तहका सरकारले घोषणा गरेको राहत रकम बुझ्ने बताएकी थिइन । निर्मलाको परिवारलाई तीनै तहको सरकारले १८ लाख दिने घोषणा गरेको छ । समाचार नेपाल समाचारपत्रमा छ ।