• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव ★   फिल्ड र नक्सामा गोरेटो पनि नभएको जग्गामा ‘बाटो भए सरह’ दोब्बर राजस्व उठाउँदै सरकार ★   काँग्रेस–एमालेलक्षित माओवादी सांसद घर्तीको टिप्पणी: दुई दलीय परिपार्टीको विकास गर्न खोज्नु पश्चागामी कदम हो ★   मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न ★   पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध ★   प्रेम सुवालको टिप्पणी: हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो ★   कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द ★   चीनको यो खोजको संसारभर चर्चा, के अब मंगल ग्रहमा खेती हुन्छ ? ★   कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता ★   तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा

प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता तथा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आलेले केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै ईच्छा नभएको बताउनुभएको छ ।

नेकपा एसको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आलेको नाम उल्लेख गरिएको छैन ।

घोषणापछि नेता आलेले न्यूजपोलारसँग भन्नुभयो – ‘हैसियत नभएको पार्टीका केन्द्रीय सदस्य होईन पदाधिकारी नै दिएपनि मलाई स्वीकार्य छैन ।’

‘जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ जनताका लागि स्वतन्त्र रुपमा काम गर्छु ।’ उहाँले अगाडि भन्नुभयो ‘पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको हैसियत जनमोर्चा जत्तिको पनि छैन । त्यसैले महाधिवेशनमा मलाई रुचि नै भएन ।’

पार्टी नेतृत्वको कार्यशैली प्रति आलेले निरन्तर रुपमा बिमति राख्दै आउनु भएको छ । उहाँ घरायसी कामले मुलुकबाहिर रहेको जानकारी दिनुभयो ।