९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

परराष्ट्रमन्त्री दिल्लीमा, इपिजीबारे मौन

परराष्ट्रमन्त्री दिल्लीमा, इपिजीबारे मौन
अ अ+ अ-

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले १९५० को सन्धि परिमार्जनको सिफारिस गर्दै रिपोर्ट तयार गरेको पाँच महिनापछि भारतले दुई देशबीचको विशेष सम्बन्धको मजबुत आधार नै १९५० को सन्धि भएको जनाएको छ । विदेश मन्त्रालयले गत नोभेम्बरमा तयार गरेको प्रतिवेदनमा १९५० को सन्धिले दुई देशबीच विशेष सम्बन्धको आधार तयार गरेको उल्लेख छ । 

‘सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिले भारत र नेपालबीच कायम रहेको विशेष सम्बन्धको मजबुत आधार तयार गरेको छ । सन्धिअनुसार नेपाली नागरिकले भारतीय नागरिकसरह यहाँ (भारतमा) सुविधा र अवसर पाउँछन् । करिब ६० लाख नेपाली नागरिक भारतमा बस्छन् र काम गर्छन्,’ १२ बुँदामा समेटिएको विदेश मन्त्रालयको प्रतिवेदनको दोस्रो अनुच्छेदमा सन्धिको व्याख्या गरिएको छ । 

इपिजीले १९५० को सन्धि परिमार्जन र खुला सीमा व्यवस्थापनको सिफारिससहित गत असारमै प्रतिवेदन तयार गरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समय नमिलेको भन्दै बुझेका छैनन् । 

परराष्ट्रमन्त्री दिल्लीमा, इपिजीबारे मौन
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार दिल्ली पुगेर समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । लगत्तै रायसिना डायलगलाई सम्बोधन गरेका छन् । भेटवार्ताबारे नेपाल र भारतले सार्वजनिक गरेको प्रेस नोटमा इपिजीको प्रतिवेदनबारे केही उल्लेख छैन । रायसिना डायलगमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग सम्बन्ध सुदृढ भएको बताएका छन्, तर इपिजीबारे उल्लेख गरेका छैनन् । 

मन्त्रीस्तरीय आयोगको बैठक काठमाडौंमा, स्वराज आउने
ज्ञवाली–स्वराज वार्तामा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक शीघ्र काठमाडौंमा बस्ने सहमति भएको छ । त्यसका लागि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षीलाई निमन्त्रणा गरेका छन् । 

११ कात्तिक ०७३ मा दिल्लीमा मन्त्रीस्तरीय बैठक बसेको थियो । बैठकमा नेपाल र भारतबीच राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति तथा शिक्षा गरी पाँच विषयमा छलफल हुने गरेको छ । परराष्ट्र स्रोतका अनुसार पाँचौँ बैठक अघिल्लो महिना तय भए पनि भारतीय विदेशमन्त्री स्वराजको व्यस्तताका कारण भारतीय विदेश मन्त्रालयले पछि सार्ने प्रस्ताव गरेको थियो । 

‘परराष्ट्रमन्त्री ज्ञवालीले अर्को संयुक्त बैठकको सहअध्यक्षताका लागि विदेशमन्त्री स्वराजलाई निमन्त्रणा गर्नुभएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘विदेशमन्त्रीले निमन्त्रणा स्वीकार गर्नुभएको छ र दुवै मन्त्री चाँडै काठमाडौंमा बैठक बस्ने निर्णयमा पुग्नुभएको छ ।’ बिहीबारको बैठकमा कृषि, रेल्वे र इन्ल्यान्ड वाटरवेजसँग सम्बन्धित परियोजनाबारे छलफल भएको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । यीबाहेक सीमापार रेलमार्ग परियोजना, हुलाकी सडक, जलविद्युत्, पूर्वाधारलगायत जारी परियोजना कार्यान्वयनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो ।

नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन : परराष्ट्रमन्त्री
भारतीय विदेश मन्त्रालय र अब्जरबर रिसर्च फाउन्डेसनद्वारा आयोजित रायसिना डायलगलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारेका छन् । ‘नेपाल शान्तिप्रिय देश हो र कुनै पनि प्रकारको सैन्य गठबन्धनमा सहभागी हुन अस्वीकार गर्दछ,’ ज्ञवालीले भनेका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग ३ पुसमा र बुधबार जापानका विदेशमन्त्री तारो कोनोसँग क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरेका ज्ञवालीले नेपालको धारणा स्पष्ट पारेका हुन् । 

ज्ञवालीले क्षेत्रीय सहकार्यमा नेपालले निरन्तर जोड दिँदै आएको उल्लेख गरेका छन् । ‘हामी सार्क र बिमस्टेकको थप सबलीकरणका पक्षमा छौँ, बिबिआइएन उपक्षेत्रीय सहकार्यको एजेन्डा कार्यान्वयनका पक्षमा छौँ,’ ज्ञवालीले भने । 

ज्ञवालीले नेपाल सधैँ नियममा आधारित तथा साना राष्ट्रको फाइदा हुने बहुपक्षीय विश्वप्रणालीको पक्षमा रहेको उल्लेख गरेका छन् । उनले संसार अहिले शान्तिपूर्ण हुँदै गएको, तर ठूला देशहरूको विकासभन्दा सैन्य खर्च बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । ‘भूराजनीतिक विवादमा संलग्न हुने स्रोत र क्षमता साना मुलुकहरूसँग छैन,’ ज्ञवालीले भने, ‘नेपालजस्ता साना देश सधैँ नियममा आधारित प्रणालीको पक्षमा छौँ जहाँ हाम्रा आवाज सुनियोस्, समस्या र चुनौती आत्मसात् गर्दै सहयोग प्राप्त हुने अवस्था होस् ।’ उनले वर्तमान यथार्थ झल्किने गरी संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय संस्थाहरूको पुनर्संरचना हुनुपर्नेमा पनि जोड दिएका छन् ।

भारत–चीन सम्बन्ध राम्रो होस्, त्रिपक्षीय सहकार्य गरौँ
परराष्ट्रमन्त्रीले नेपालका छिमेकीद्वय भारत र चीनबीच सम्बन्ध सुमधुर हुँदा नेपालसहित एसियालाई नै फाइदा हुने बताएका छन् । उनले नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारी हुनुपर्ने र यसबाट सबैलाई फाइदा पुग्ने पनि उल्लेख गरे । 

‘जब यी दुई (भारत र चीन) एकैसाथ माथि उठ्नेछन्, एसियालाई नै माथि उठ्नबाट कसैले रोक्न सक्नेछैन,’ ज्ञवालीले भने । उनले गत वर्ष चीनको वुहानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको अनौपचारिक वार्तापछि सम्बन्ध सुदृढ हुँदै गएको पृष्ठभूमिसमेत उल्लेख गर्दै एउटाको प्रगतिलाई अर्काले खतरा मान्न नहुने बताए । 

‘हामी छिमेकमा साझा हित र समृद्धिका लागि सँगै काम गर्न सक्छौँ । हामीले तीन मुलुक (नेपाल भारत र चीन)बीच त्रिपक्षीय साझेदारीमा जोड दिँदै आएका छौँ,’ ज्ञवालीले भने, ‘यस्तो साझेदारीले हामीलाई थप भौतिक कनेक्टिभिटी, आर्थिक सहकार्य तथा जनस्तरको सम्पर्क वृद्धिमा सामेल गराउनेछ ।’  (नयाँपत्रिकामा लेखिएकाे छ)