९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

‘दबङ-३’ को सुटिङ अप्रिलदेखि शुरू हाेला?

‘दबङ-३’ को सुटिङ अप्रिलदेखि शुरू हाेला?
अ अ+ अ-

बहुप्रतीक्षित हिन्दी चलचित्र ‘दबङ-३’ को सुटिङ सन् २०१९ काे अप्रिल महिनाबाट सुरु हुने भएको छ। याे फिल्म चर्चित निर्देशक प्रभु देवाले निर्देशन गर्दै छन् ।

सलमान र प्रभु देवाले १० वर्षपछि एउटै फिल्ममा काम गर्न लागेका हुन्। उनीहरूले सन् २००९ को ‘वान्टेड’ मा सँगै काम गरेका थिए। बलिउडमा फिल्ममा प्रहरीको रोललाई फेसनको रूपमा भित्र्याएको श्रेय सलमानलाई दिने गरिन्छ।
फिल्मका निर्माता एवं सलमानका भाइ अरबाज खानले सुटिङ अप्रिलबाट सुरु हुने बताउँदै सुटिङ स्थलको छनौट कार्य भइरहेको बताएका छन्। उनले फिल्मको मुख्य भूमिकामा सलमान र निर्देशन प्रभु देवाले गर्ने बताएका छन्।
सलमान खान यति बेला ‘भारत’को सुटिङमा व्यस्त छन्। उक्त चलचित्र फिल्म सिटीमा सुटिङ भइरहेको छ। ‘भारत’को सुटिङ लगत्तै सलमान ‘दबङ-३’ को सुटिङमा व्यस्त रहने भारतीय अनलाइन मुम्बई मिररले जनाएको छ।
‘दबङ-३’ मा नोइडाका एक जना प्रहरीको आत्मकथालाई समेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सलमानको दबङ सन् २०१० मा रिलिज भएको थियो। उक्त फिल्मले ‘वेस्ट पपुलर फिल्म’ को अवार्ड समेत जितेको थियो। खानको ‘दबङ सिरिज’लाई बलिउडमा सफल मानिन्छ।
फिल्ममा सलमान खानको अलावा सोनाक्षी सिन्हाको पनि अभिनय रहने छ। फिल्म वर्षको अन्तयतिर रिलिज हुने बताइएको छ।