२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दबङ-३’ को सुटिङ अप्रिलदेखि शुरू हाेला?



अ+ अ-

बहुप्रतीक्षित हिन्दी चलचित्र ‘दबङ-३’ को सुटिङ सन् २०१९ काे अप्रिल महिनाबाट सुरु हुने भएको छ। याे फिल्म चर्चित निर्देशक प्रभु देवाले निर्देशन गर्दै छन् ।

सलमान र प्रभु देवाले १० वर्षपछि एउटै फिल्ममा काम गर्न लागेका हुन्। उनीहरूले सन् २००९ को ‘वान्टेड’ मा सँगै काम गरेका थिए। बलिउडमा फिल्ममा प्रहरीको रोललाई फेसनको रूपमा भित्र्याएको श्रेय सलमानलाई दिने गरिन्छ।
फिल्मका निर्माता एवं सलमानका भाइ अरबाज खानले सुटिङ अप्रिलबाट सुरु हुने बताउँदै सुटिङ स्थलको छनौट कार्य भइरहेको बताएका छन्। उनले फिल्मको मुख्य भूमिकामा सलमान र निर्देशन प्रभु देवाले गर्ने बताएका छन्।
सलमान खान यति बेला ‘भारत’को सुटिङमा व्यस्त छन्। उक्त चलचित्र फिल्म सिटीमा सुटिङ भइरहेको छ। ‘भारत’को सुटिङ लगत्तै सलमान ‘दबङ-३’ को सुटिङमा व्यस्त रहने भारतीय अनलाइन मुम्बई मिररले जनाएको छ।
‘दबङ-३’ मा नोइडाका एक जना प्रहरीको आत्मकथालाई समेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सलमानको दबङ सन् २०१० मा रिलिज भएको थियो। उक्त फिल्मले ‘वेस्ट पपुलर फिल्म’ को अवार्ड समेत जितेको थियो। खानको ‘दबङ सिरिज’लाई बलिउडमा सफल मानिन्छ।
फिल्ममा सलमान खानको अलावा सोनाक्षी सिन्हाको पनि अभिनय रहने छ। फिल्म वर्षको अन्तयतिर रिलिज हुने बताइएको छ।