९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

घरभित्र छत र घरबाहिर आकाश

घरभित्र छत र घरबाहिर आकाश
अ अ+ अ-

यति धेरै लेख्ने विषयहरू छन् हामीसँग तर हामी लेख्नचाहिं के लेखिरहेका छौं ?

कृष्ण धरावासी

काठमाडौँ — यदि मैले यो वर्तमानलाई स्विकार्न असजिलो मानिरहेको छु भने आजलाई कसरी लेख्न सक्छु ? अहिलेको हाम्रो समस्या के हो भने अहिलेकाले उहिलेको हाम्रोजस्तो लेख्दैनन् भन्ने हो । 

साहित्य पनि विभिन्न राजनीतिक आस्थासँग जोडिएर बगिरहेका हुन्छन् । आन्दोलनकालमा त्यस्तो आवश्यक पनि थियो किनकि एउटा शताब्दीयौं पुरानो निरंकुश सत्ताका विरुद्ध लड्नुपरेको थियो । त्यसबेला सबै खाले बौद्धिक मानिसहरूले आफ्नो रुचिको पक्षमा लागेर आन्दोलनमा भाग लिए । तर, अब आज त्यो अवस्था जीवित छैन । अब जनताले बनाएको नयाँ सम्बिधान पनि आइसक्यो, अत्याधुनिक मुलुकी ऐन पनि आइसक्यो । कम्युनिस्ट अधिनायकवादी दृष्टिबाट युद्ध लड्नेहरू पनि बहुदलीय गणतान्त्रिक संविधानभित्र चुनावबाट अत्यधिक बहुमतको दुई तिहाइ सरकारमा पुगिसके । प्रजातन्त्रवादीहरूको नेतृत्व गर्छु भन्ने कांग्रेसले पनि आफ्नै एजेन्डाअनुसारको संविधान बन्यो भनेर खुसी मनाइरहेको होला । उनीहरू अब चुनाव जित्ने, चुनाव हार्ने, सत्तामा जाने सत्ताबाट तल झर्ने खेलमा लागिसके । राजनीतिक आन्दोलनको मैदानबाट उनीहरू बाहिर आइसके ।
हामी लेखकहरूचाहिं अझै पनि किन राजनीतिक दलहरू सँगै छौं ? अब पनि कुनै लेखकले कुनै अमूक राजनीतिक संगठनको भ्रातृसंस्थाको रूपमा रहेको समूहमा आबद्ध किन भइरहनुपरेको ? के अझै पनि कुनै पार्टीलाई चुनावमा जिताउन भोट माग्दै कविता लेखी हिंड्नु ? अब पनि अमूक पार्टीलाई सत्तामा पुर्‍याउन कवितालाई बदनाम गरिरहनु ? अनि सधैं पुरानो इतिहासलाई गाली गरेर नयाँ सामन्ती शक्तिलाई उन्मुक्ति दिइरहनु ? तिनीहरूलाई गाविस वा नगरपालिकाको अध्यक्षमा चुनाव जिताउन किताब लेखेर बस्नु ? के आज पनि जो–जो जुन–जुन सिन्डिकेटमा बस्नुभएको छ, उहाँहरू सन्तुष्ट हुनुहुन्छ त ? आस्था विहस्न मान्छे कोही पनि हुँदैन । लेखक त झन् कसरी हुन्छ । वैचारिक पक्षधरताबाट मानिस मुक्त हँुदैन तर लेखक त्योभन्दा माथिको ब्यक्तित्व हो । उसले आफूलाई गुण र दोषका आधारमा निर्णायक भूमिकामा उभ्याउन सक्छ । सक्नुपर्छ । भोट हाल्ने दिन आफूलाई मन परेको ठाँउमा छाप हान्न ऊ स्वतन्त्र छ । मुक्तताको नाममा भोट हाल्ने प्रक्रियाबाटै कोही बाहिर जान सक्दैन । जानुहुन्न पनि । गोप्य मतदानमा आफ्नो अभिमतलाई प्रयोग गर्नुबाहेक एउटा लेखक पार्टीको कार्यकर्ताजस्तो भएर उफ्रिँदै किन हिँड्नुपर्‍यो ? त्यस्तो काम त उनीहरूका पार्टी कार्यकर्ताले गरिरहेकै हुन्छन् नि । लेखकको हैसियतले त्यो बेला फेरि सडकमा जानुपर्छ यदि लोकतन्त्र र नागरिकको मौलिक अधिकारको अन्त्य हुने स्थिति सिर्जना हुन्छ भने । अभिव्यक्ति स्वतन्त्रता लेखनको पहिलो सर्त हो । उसले लेखेबापत जेल जानु हँुदैन । लेखकले सेल्फ सेन्सरसिप आफूमा लागू गर्न सक्छ । तर, राज्य सत्ताले उसलाई सेन्सर लगाउन मिल्दैन । राज्य सत्ताले नै लेख्न नदिने गरी कुनै प्रकारको कानुन लिएर आउँछ भने त्यति बेला लेखकहरू सडकमा हुनुपर्छ । अन्यथा चुनाव आइरहन्छ । भोट भइरहन्छ । सरकार फेरिइरहन्छ ।
सत्तामा बस्ने जुनसुकै सरकार पनि बौद्धिकहरूलाई आफ्नो राजनीतिक आस्थाको क्षेत्रभित्र संकुचित पार्न प्रयत्नशील रहन्छ । जस्तो कि कुनै लेखकलाई यस्तो भ्रममा पारिन्छ, सरकार वा मन्त्रीलाई खुसी पार्‍यो भने एकाडमी, साझा प्रकाशन, गोर्खापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनहरूमा नियुक्ति पाइन्छ । विश्वविद्यालय र कलेजहरूमा जागिर वा बढुवा हुन पाइन्छ आदि, जसको पछिल्लो उदाहरण प्रज्ञा प्रतिष्ठानका गठनहरू नै हुन् । प्राज्ञिकहरूलाई नियुक्ति गर्ने ठाउँमा सरकार वा मन्त्रीको नजिक हुन सक्नेका लागि सुगम बनाइएकाले गर्दा धेरै बौद्धिकहरू मौन बस्ने गर्छन् । विचार बोक्दैमा सबैले त्यस्ता मौकाहरू पाउँछन् भन्ने पनि हुन्न । केही खास व्यक्तिहरू बारम्बार सुविधा लिइरहेका र अरू कैयौंहरू सधैं आशामुखी भएर बसिरहेका हुन्छन् । यस्ता लोभ र आकर्षणका कारण बौद्धिकहरू चुप हुनु देशकै दुर्भाग्य हो । सरकारबाहिरको पार्टीसँग आस्था राख्नेहरू त्यो मूलपार्टीले जस्तै जे कुराको पनि विरोध गरेर लेख्ने, कराउने र जुलुसमा जाने अनि सरकारका पक्षधरहरू जति अन्याय अत्याचार र विकृति भए पनि चुपचाप बस्ने, विरोध नगर्ने । यदि यस्तै साहित्य हामीले लेखिरहने हो भने फेरि हाम्रो साहित्यको स्तर भएन, हाम्रा पाठक भएनन्, हाम्रा कृति बिक्री भएनन्, हाम्रा प्रकाशकले किताब छापिदिंदैनन्, छापे पनि रोयल्टीको ठीक हिसाब गर्दैनन्, हाम्रो लेखनको मूल्यांकन हुँदैनन् भनेर किन गुनासो बोक्नु ?

***

हामीले बुझ्नुपर्ने के हो भने हाम्रा किताब पढ्ने पाठक बजारबाट छानीछानी अरूका पनि किताब पढ्ने गर्छ । संसारभरिका राम्रा र उत्कृष्ट किताबहरू पढेर ठूलो टाउको बनानएर बसेको हुन्छ । अनि उसको हातमा हाम्रा किताब पुग्छन् । उसले पाँच पेज पढ्नेबित्तिकै छैटौं पेज पल्टाउँछ कि पल्टाउँदैन भन्ने सोच्नुपर्छ । उसले पानाहरू पल्टाउँदै गयो भने म सफल लेखक भएँ, उसले पाँचौं पेजपछि किताब बन्द गरिदियो भने म सकिएँ । अर्थात् लेखकभन्दा पाठक धेरै विद्वान्, ज्ञानी र बौद्धिक हुन्छ भन्ने हरेक लेखकले बुझ्नुपर्छ । पाठक मूर्ख छ, ऊ केही पनि जान्दैन, म जे लेख्छु त्यो नै उसका लागि सबैभन्दा नयाँ चीज हुन्छ भन्ने सोच्नु हाम्रो भ्रम हुन्छ । अहिलेसम्म हाम्रो दिमागले के भन्छ भने म जे लेख्छु त्यो नै पाठकले पत्याउनुपर्छ अनि आफ्नो बुद्धि खन्याइरहन्छौं ।
प्रत्येक लेखक उसको आफ्नै विगत हो । उसले आफ्नै विगत लेखिरहेको हुन्छ । यदि उसले बाँचिरहेको वर्तमानलाई पनि वर्तमानकै चेत बोकेर सम्बोधन गर्न सक्छ भने केही परसम्म अझै यात्रा गर्ला तर आजको पुस्तालाई के उसको लेखनले छोइरहेको होला ? यदि मैले यो वर्तमानलाई स्विकार्न असजिलो मानिरहेको छु भने आजलाई कसरी लेख्न सक्छु ? अहिलेको हाम्रो समस्या के हो भने अहिलेकाले उहिलेको हाम्रोजस्तो लेख्दैनन् भन्ने हो ।
आजको विज्ञानले कति उन्नति गरेको होला, राजनीतिले कति बाटो फेरिरहेको होला, मनोविज्ञान कहाँनेर पुगेर थकाइ मारिरहेको होला । स्वास्थ्य विज्ञान कहाँ पुगेको होला । औषधि विज्ञान के भन्दै होला । ती कुरामा यदि हामी अद्यावधिक नभएर बीपीको समाजवाद जानेको मान्छे, दुई हजार तीन सालदेखि बीपीको पछि लागेर क्रान्ति गर्दै अहिलेको गणतन्त्रसम्म आई पुगेको वा माक्र्सवादका ठेलीका ठेली समाप्त गरेको, लेनिनले साहित्यका बारेमा यसो भनेका छन्, स्तालिनको मत यो हो । मदन भण्डारीको भनाइ यो थियो । प्रचण्ड यसो भन्छन् भनेर शास्त्रीयतामै हराइरहने कि ? अहिलेको डँडेल्नामा झोला बोकेर सडकमा दौडिरहेको पच्चीसवर्षे पुस्ता कुन पार्टीको हो ? कुन आदर्शको हो ? के त्यो पनि हामीजस्तै बीपीको साहित्यमा अराजकता वा लेनिनको पार्टी साहित्य पढेरै लेखक बन्न दौडिरहेको होला ? हामीभित्र रहेको सैद्धान्तिक कर्मकाण्डीय चेत उनीहरूको पनि आदर्श बन्ला ?
अस्ति जरुरी थियो यी सबै हुन । पार्टीको हुन पनि जरुरी थियो । ठूलो परिवर्तनका लागि जहाँ–जहाँ उभिएर भए पनि योगदान दिन आवश्यक थियो । अब केका लागि हामी कसैको भारी बोकिरहेका हुन्छौं । अहिलेका पुस्ता कुनै पार्टीको सदस्य नभईकन पनि आफ्नो स्वतन्त्र मत राख्न सक्ने भएको छ । यो पुस्तालाई नबुझी हामी पुरानै सिन्डिकेटमा बसिरहेर निर्देशन दियौं भने मिल्ला त ?
त्यसो भए अब हाम्रो साहित्य कस्तोहुनुपर्ला त ?
बिना आस्था र दृष्टिकोणको मानिस लेखक हुन पनि सक्दैन । त्यस्तो लेखकले न समाज चिन्न सक्छ न जीवन नै । लेखकसँग इमानदारीको अपेक्ष समाजले राखेको हुन्छ । लेखक पनि इमानदार नहुने हो भने इमानदारी कता खोज्नु ? त्यसैले सत्य कुरो भन्नका निम्ति आफ्नै आस्थाका विरुद्ध पनि उभिन सक्नुपर्छ । लेख्न सक्नुपर्छ । अनि पो त्यो लेखक बन्ला । हामी त्यसो गर्न कत्तिको तयार छौं वा गरिरहेका छौं ? यदि म परिस्थिति आउँदा आफ्नै आस्थाका विरुद्ध पनि लेख्न सक्दिनँ भने ममा संशोधन हुन अझै बाँकी छ । म अबको युगले मागेको लेखक हुन अझै बाँकी छ । अहिलेको पुस्तासँगसँगै दौडिन अझै बाँकी छ । मैले आफूलाई अब कत्तिको अद्यावधिक गर्ने ? त्यो बुझ्न अझै बाँकी छ ।

अस्ति त हामीले सिङ्गै प्रजातन्त्र खोज्यौं, त्यसले पुगेन लोकतन्त्र खोज्यौं । त्यसले पनि पुगेन गणतन्त्र नै खाज्यौं । अस्ति हामीले नारामा जनजाति, आदिवासी, दलित, गरिब, सर्वहारा, सबै लेख्यौं । पार्टीहरलाई भोट पनि मागिदियौं । तर, हिमालतिर लोप हुँदै गएको गीत हामीले खोज्यौं ? त्यो बाध्यवादक मर्दा त्यो बाजाको ताल नै मर्छ । ती लोक बाजा र तिनको संगीत खोज्न सोचेका छौं ? हामी कलाकारहरूले क्यान्भास बोकेर दूरदराजका गाउँमा गएर त्यहाँको जीवनशैली क्यान्भासमा कति उतारेका छौं ? हाम्रो नेपाली कलाको मौलिक पक्षचाहिं के होला ? हाम्रा पेन्टिङहरूले नेपाल चिनाउने कामचाहिं कति गर्‍यौं होला ? समाजलाई अघि बढाउन हाम्रो लेखाइ अब कस्तो हुनुपर्छ त ? हाम्रो लेखनमा आञ्चलिकता कति छ ? सरकारले नदेखेका समस्या र दु:ख हामीले कति देखिरहेका छौं ? कति लेखिरहेका छौं ?
टुडाल उपन्यास लेख्ने क्रममा जब मैले सन्दर्भहरूको खोजी गर्न थालें, म अचम्मित भएको थिएँ । मैले चाहेका जस्ता सामान्य जानकारीमूलक र तथ्यात्मक कुरा खासै पाउनै सकिएन । हुन त म उपन्यास लेख्दै थिएँ । त्यसका लागि त्यति धेरै प्रामाणिक तथ्यांक नभए पनि हुने नै थियो । तैपनि इतिहासको नजिकसम्म पुग्न खोज्दा मैले खासै चित्तबुझ्दो सामग्री भेटिनँ ।, अनि सोचें यत्तिका वर्षसम्म उपत्यकाकै विश्वविद्यालयले उपत्यकाभरि छरिएका मन्दिरका टुँडालहरूबारे के–के चाहिं पढाएछ होला त । पाँच सय वर्षदेखि हाम्रा मन्दिरका दलानमा रतासनका टुँडालहरू ठिंग उभिएका छन् । हाम्रा कल्चरका विद्वान्हरूले कति काम गरेछन् त ? ती टुँडालहरूसँग जोडिएको नेपाली यौन मनोविज्ञान, आध्यात्मिक विश्वास, तिनको प्रारम्भ, तिनको इतिहास र वर्तमानमा के प्रभाव ? अहिलेसम्म पनि ती मन्दिरहरूमा टुँडाल राखिछोड्नुको कारण के ? ती विषयमा विद्यावारिधि गर्नेहरू उत्तरविद्यावारिधि गर्नेहरू चाहिंदैन ? विश्वविद्यालयहरूको काम के हो ? काष्ठकलाको यति पुरानो इतिहास भएको मुलुकमा त्यसको बारेमा खै के अनुसन्धान भएछन् त ? खोज र अनुसन्धानको क्षेत्रमा हामी नेपाली लेखकहरूको योगदान कति होला त । यतिका वर्षपछि भर्खर हामी योगमायाको चर्चा गर्दै छौं तर ती योगमायाका बारेमा पनि नेपालीले भन्दा पहिला कुनै बेलाइती छात्राले हामीलाई बताएपछि अनि हामी खोज्न थालेछौं । हामी आफैंलाई किन मन लाग्दैन नयाँ कुरा खोज्न वा त्योमाथि काम गर्न ? हामी परियोजना बनाएर किन स्रोतको खोजीमा आफंै अघि लाग्दैनौं ? हामीले ल्याएको गणतन्त्रमा हाम्रो समाज कहाँ छ ? यति धेरै राजनीतिमा पहिचानका कुरा गर्ने हामीसँग ती आदिवासी, जनजाति, मधेसी, दलितहरू हाम्रो साहित्यमा कहाँ छन् ? हाम्रो मूलधार मानिएको नेपाली भाषाको साहित्यले मधेसलाई कहाँ कति सम्बोधन गरेको छ ? बिहान उठ्दा हिमाल हेर्न चाहने हामी पहाडिया लेखकहरूले बिहान उठ्नेबित्तिकै मधेसमा के देख्न पाउने कल्पना गरिरहेका छौं  ?
यत्ति धेरै लेख्ने विषयहरू छन् हामीसँग तर हामी लेख्नचाहिं के लेखिरहेका छौं ? लेख्नुपर्ने नयाँ विषयहरूतिर हामी आकर्षित नै हुँदैनौं । देशमा प्रजातन्त्र आएको पनि अट्ठाइस वर्ष भयो । यो अट्ठाइस वर्षमा पार्टीहरूको चाकरीभन्दा बढ्ता हामीले के गर्‍यौं ? बढ्तै लेखेको भए कर्मचारीको तलबले काठमाडौंमा खान नपुगेको, डेरा भाडा तिर्न नसकेको, नानीलाई निजी स्कुलमा पढाउन नसक्नेहरूका कुण्ठा लेख्यौं । कि त राजनीतिक पार्टीलाई चुनावमा भाषण गर्न मिल्ने प्रकारका कृत्रिम कथाहरू बनायौं । जनताको जीवनभन्दा पार्टीको साहित्य बनायौं । माक्र्सवादीहरूले मात्र होइन मुक्त लेखन गर्छु भन्नेहरूले पनि चारतारेलाई नै भोट मागे प्रकारान्तरले ।
राजनीति गर्नेहरूले त सत्तामा गएपछि जनता देख्दैनन् । निकै राम्रा लेखकहरू पनि पटकपटक सत्तामा पुगे तर त्यहाँ पुगेपछि उनीहरूले पनि देखेनन् जनता । न देखे साहित्यमा एकलब्बीय भएर लाग्नेहरूका काम । जबसम्म हामी उनीहरूका पछि हिँडिरह्यौं उनीहरू जहाँजहाँ पुगे हामी पनि त्यहींत्यहीं पुग्यौं । उनीहरू सिंहदरबार पुग्दा पछिपछि हामी पनि झोला बोकेर माग्न त्यही पुग्यौं । आफूले समर्थन गरेको पार्टी सत्तामा पुगेपछि हामीले पनि केही काल कलम बन्द गर्‍यौं र तिनका गाडीमा बसेर सयर गर्‍यौं । जब कांग्रेस सिंहदरबार पुग्यो तमाम प्रजातन्त्रवादी हुँ भन्नेहरूले आफूलाई सिंहदरबारको मालिक ठाने । कांग्रेसको बहुमत भएका बेलाको प्रज्ञा प्रतिष्ठानले यो देशमा फरक मत राख्ने लेखकहरू पनि छन् भन्ने नै थाहा पाएन । अनि आजको दुई तिहाइ मत पाएको कम्युनिस्टको सरकारले चाहिं कसरी थाहा पाओस् त ? परम्परा बसाल्नेले नै इतिहासको जिम्मा लिनुपर्छ । आज दुई तिहाइ मत पाएर सिंहदरबार पुगेका नेताहरूका पछिपछि माक्र्सवादी लेखकहरू त्यसरी नै झोलाको फुर्को हल्लाउँदै छन् भने आश्चर्य मान्नुपर्ने नै के छ र ?मेरो मतको सारांश हो अब पहिला हामी लेखकहरू राजनीतिक दबाबबाट बाहिर जानुपर्छ । त्यसलाई फोर्नुपर्छ । त्यो धेरै कुरा नत्यागीकन फोरिंदैन । म त भन्छु जसलाई लेखन गर्नु छ उसले अब आफूलाई लेखककै रूपमा घोषणा गर्न सकोस् । लेखक हुन कुनै दलको नजिक वा टाढा हुनु जरुरी हुन्न । साँच्चै लेखक हुने हो भने अब घरभित्र छत र घरबाहिर आकाश मात्र हुनुपर्छ आफ्नो टाउकोमाथि । केहीले थिच्नु हुँदैन । आफ्नो टाउकोमाथि कुनै पार्टी, नेता, सरकार, सत्ता केही पनि हुनु हुँदैन । मेरा समकालीन साथीहरूसँग मेरो प्रश्न छ— अब को–को हुनुहुन्छ घरभित्र छत र घरबाहिर आकाश मात्र शिरमाथि बोकेर हिंड्न तयार ? म त हिंडें ।