२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसंगवश



अ+ अ-

ध्रुवहरि अधिकारी

समता स्कूलका अभियन्ता उत्तम संजेलको
फोन आयो शनिवार बिहान ६ बजेतिर । अभियानकै सिलसिलामा ….कोलम्बो विमानस्थलमा ढाका उड्ने जहाज पर्खेर बसेको बेलामा संझना गर्नुभएको रहेछ ।

भन्दै हुनुहुन्थ्यो : कंचन नेपाली संस्कृति त बर्मा(म्यान्मा) र थाइल्याण्डमा पाइँदो रहेछ; दार्जीलिंगमा भेटिँदो रहेछ। कस्तो लाग्ने भने नेपालका नेपाली त विदेशी गैससहरूले बिटुलो पारिसकेका रहेछन् । कतै उत्तरका हिमायती, कोही दक्षिणका समर्थक । कतिपय युरोपेली मान्यता थोपर्न अघिसरेका त कतिलाई अमेरिका नै ठूलो आकर्षण । 
नेपाली नै त को होला र खोई !

जे होस्, संजेलको जोश भने भर्भराउँदो नै रहेछ । 
‘समता’ को उद्देश्य बोकेर नेपालबाहिर सात देशमा पुगिसक्नु भएछ ।निजको हौसला सदा-सर्वदा बढिरहोस् ! (फेसबुक वालमा प्रकाशित २०७५ पुस २८ गते)