१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंकको लाभांश स्वीकृत



अ+ अ-

काठमाडौँ । मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको आज यहाँ सम्पन्न साधारणसभाले रु ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र एक दशमलव ००२३३ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो । शेयर लाभांश वापत रु १० करोड ३० लाख ९४ हजार ८७५ बराबरको शेयर शेयरधनीलाई उपलब्ध गराइनेछ । यस्तै रु ४० लाख ६६ हजार ६४० रकम भने सञ्चित मुनाफामा राखिएको छ ।

आर्थिक वर्ष २०७४र७५ मा बैंकले रु एक अर्ब ७१ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । आव २०७३र७४ मा त्यस्तो मुनाफा रु रु एक अर्ब १३ करोड दुई लाख रहेको थियो । बैंकले रु ४५ करोड ४० लाख रकम सरकारी राजश्वमा आयकरको रूपमा भुक्तान गरेको छ ।

चालु अवाको पहिलो त्रैमाससम्म बैंकले रु तीन अर्ब १५ करोडले निक्षेप वृद्धि गरी रु ६६ अर्ब १२ करोड पु¥याएको छ । यस्तै रु ६२ अर्ब २५ करोड ऋण लगानी गरेको छ । सो अवधिमा बैंकले रु ४० करोड ४६ लाख खुद मुनापाmा गरेको छ । बैंकले हाल १०२ शाखा कार्यालय, १८ एक्सटेन्सन काउण्टर, ८१ एटिएम र ११९ शाखा रहित बैंकिङ शाखाबाट सेवा दिइरहेको छ ।

बैंकले मर्चेट बैंकिङका लागि मेगा क्यापिटल लिमिटेड स्थापनाको प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष भोजराज शाहले जानकारी दिनुभयो । बैंकको हाल चुक्ता पूँजी रु १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५७८ कायम रहेको छ । बैंकले ‘हलोदेखि हाइड्रो’ सम्मको नाराका साथ ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएको छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी गत वैशाख ३० गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ ।