८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंकको लाभांश स्वीकृत



अ+ अ-

काठमाडौँ । मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको आज यहाँ सम्पन्न साधारणसभाले रु ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र एक दशमलव ००२३३ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो । शेयर लाभांश वापत रु १० करोड ३० लाख ९४ हजार ८७५ बराबरको शेयर शेयरधनीलाई उपलब्ध गराइनेछ । यस्तै रु ४० लाख ६६ हजार ६४० रकम भने सञ्चित मुनाफामा राखिएको छ ।

आर्थिक वर्ष २०७४र७५ मा बैंकले रु एक अर्ब ७१ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । आव २०७३र७४ मा त्यस्तो मुनाफा रु रु एक अर्ब १३ करोड दुई लाख रहेको थियो । बैंकले रु ४५ करोड ४० लाख रकम सरकारी राजश्वमा आयकरको रूपमा भुक्तान गरेको छ ।

चालु अवाको पहिलो त्रैमाससम्म बैंकले रु तीन अर्ब १५ करोडले निक्षेप वृद्धि गरी रु ६६ अर्ब १२ करोड पु¥याएको छ । यस्तै रु ६२ अर्ब २५ करोड ऋण लगानी गरेको छ । सो अवधिमा बैंकले रु ४० करोड ४६ लाख खुद मुनापाmा गरेको छ । बैंकले हाल १०२ शाखा कार्यालय, १८ एक्सटेन्सन काउण्टर, ८१ एटिएम र ११९ शाखा रहित बैंकिङ शाखाबाट सेवा दिइरहेको छ ।

बैंकले मर्चेट बैंकिङका लागि मेगा क्यापिटल लिमिटेड स्थापनाको प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष भोजराज शाहले जानकारी दिनुभयो । बैंकको हाल चुक्ता पूँजी रु १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५७८ कायम रहेको छ । बैंकले ‘हलोदेखि हाइड्रो’ सम्मको नाराका साथ ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएको छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी गत वैशाख ३० गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ ।