९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

त्रिविमा भर्ना अनियमितता, मेरिटकै विद्यार्थीले पढ्न पाएनन

त्रिविमा भर्ना अनियमितता, मेरिटकै विद्यार्थीले पढ्न पाएनन
अ अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको बीएससी इन एग्रिकल्चर (बीएससी एजी) भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको छ । त्रिविले मेरिट लिस्टको रोलक्रम मिच्दै पछाडि रोलक्रम रहेका विद्यार्थीलाई भर्ना लिएपछि अनियमितता देखिएको हो ।

५५७ नम्बर रोलक्रमका विद्यार्थीले भर्ना पाउँदा १९९ मेरिट लिस्टमा नाम निस्किएका विद्यार्थी भरत अधिकारी भर्ना हुन पाएनन् । अधिकारीले भने, ‘न्यायसंगत आधारमा भर्ना गरिएको छैन । अब मेरो भविष्य के हुने ? यसको जवाफ कसले दिन्छ ?’

अधिकारीको नाम दुर्गमबाट एक नम्बरमा निस्किएको छ । महोत्तरीका अजितप्रसाद यादवले मधेसी कोटामा आफू दुई नम्बरमा पर्दा पनि भर्ना हुन नपाएको गुनासो गरे । उनले भने, ‘आइतबार म शैक्षिक प्रमाणपत्र लगेर कार्यालय पुगेको थिएँ । तर, मलाई त्यत्तिकै फिर्ता गरियो ।’
मेरिट लिस्टमा यादवको नाम १६२ नम्बरमा भए पनि ३० पुसमा ५५८ नम्बरपछिका आरक्षण कोटाका लागि रोलक्रमका आधारमा भर्ना प्रक्रिया अघि बढाएको थियो । मेरिट लिस्टका आधारमा १०६ देखि ५५५ रोलक्रममा परेका विद्यार्थी भर्ना हुनबाट प्रभावित भएको देखिएको छ ।

मुस्लिम कोटामा एक नम्बरमा नाम निस्केका बाराका खुर्सिद अहमदले पनि त्रिविले खेल रचेर आफूलाई भर्ना हुन वञ्चित गराएको बताए । २९ पुससम्म मेरिट लिस्टमा परेका विद्याथी भर्ना भइसक्नुपर्ने समयावधि तोकिएको थियो । अपारदर्शी तवरले मेरिट लिस्टमा ५५७ नम्बरसम्ममा रहेकालाई भर्ना गरिएको विद्यार्थीको आरोप छ ।

मेरिट लिस्टमा रोलक्रमका आधारमा अगाडि रहेका विद्यार्थीलाई पन्छाएर पछाडि रहेकालाई ‘लेनदेनका आधारमा’ भर्ना गरिएको पीडित विद्यार्थीले बताएका छन् । बीएससी एजीका लागि गत २१ पुसमा प्रवेश परीक्षा लिइएको थियो । त्यसमा २३ सय परीक्षार्थीले भाग लिएका थिए । २४ गते नतिजा प्रकाशन हुँदा १ हजार ३ सय ८५ जना विद्यार्थी उत्तीर्ण भए । उत्तीर्णमध्ये मेरिट लिस्टका आधारमा रोलक्रममा अगाडि रहेका १०६ विद्यार्थीको भर्ना गरिनुपर्ने थियो ।

त्रिविअन्तर्गत लमजुङ, पक्लिहवा, चितवन र झापाका कलेजले पूर्ण छात्रवृत्ति दिँदै आएका छन् । लमजुङ र रूपन्देहीमा २७÷२७ र चितवन र झापामा २६÷२६ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइन्छ ।
छात्रवृत्ति नपाउनेले बीएससी एजी पूरा गर्न सात लाखभन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ ।

विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले सूचना सहज तरिकाले प्रवाह नगर्दा समस्या आएको बताएका छन् । डिन कार्यालयले मेरिट लिस्टको लग नगर्दा समस्या आएको विद्यार्थी नेता सन्दीप अधिकारीले बताए । उनले भने, ‘मेरिट लिस्टमा कुनै विद्यार्थीको नाम छ । मेरिट कलका लागि नाम बोलाइएको छ । तर, ऊ आएन भने पैसा तिरेर पनि पढ्न नपाउने व्यवस्था गरिनुपर्छ । पैसा तिरेर पनि अन्य कोटाबाट पढ्न नपाउने सिस्टम हुनुपर्यो ।’
अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले त्रिविको हेलचेक्र्याइँले विद्यार्र्थी मारमा परेको आरोप लगाए । उनले भने, ‘विद्यार्थीमाथि त्रिविले व्यापक खेलबाड गरेको छ । नाम निस्किएका विद्यार्थीसमेत भर्ना हुन नपाउनु गैरजिम्मेवारपूर्ण व्यवहार हो ।’ त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान संस्थानका डिन डा. केशवराज अधिकारीले आफूहरूले प्रक्रिया पु¥याएर भर्ना गरिएको बताए । उनले भने, ‘हामीले सार्वजनिक सूचनासमेत आह्वान गरेका हौं । विद्यार्थी समयमा नआउनु उनीहरूको गल्ती हो । समाचार राजधानी दैनिकमा छ ।