१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमार्गीको पैसा फिर्ता ल्याउन इन्भेष्टमेन्ट बैंकले काम थाल्यो



अ+ अ-


काठमाडौँ — सर्वाेच्च अदालतको आदेशअनुसार व्यापारी अजेयराज सुमार्गीको रकम फिर्ता ल्याउन नेपाल इन्भेस्टमेन्ट बैंकले काम थालेको बताइएको छ । समाचारअनुसार सो बैंकले व्यापारी सुमार्गीले दुई हप्तअघि सोही बैंकबाट झिकेको रकम फिर्ता ल्याउने बारेमा प्रक्रिया थालेको हो ।
व्यापारी अजेयराज सुमार्गीको पैसा फिर्ता ल्याउने गृहकार्य सुरु भएकोछ– बैंकका एकजना अधिकारीले जनाएका छन् । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
सर्वाेच्च अदालतले व्यापारी सुमार्गीले सो बैँकबाट लिएको भनिकएको रकम विदेशबाट आएको र त्यसको स्रोत नखुलेको भन्दै फिर्ता गर्न आदेश दिएको थियो । सो आदेशपछि कानुनी प्रक्रिया सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बताए ।


‘राष्ट्र बैंकको निर्देशनअनुसार रकम पूर्ववत् अवस्थामा राख्न कानुनी परामर्श थालेको छौं,’ उनले भने, ‘कानुनसम्मत रहेर सम्बन्धित ग्राहकलाई पैसा फिर्ता गर्न निर्देशन दिनेछौं,’ सीईओ पाण्डेले यसबारेमा थप बोल्न चाहेनन् ।


यसअघिको सर्वाेच्चकै अन्तरिम आदेशलाई सच्याउँंदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन गत २४ गते राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई अर्को आदेश जारीगरेको थियो ।


राष्ट्र बैंकले करिब ५ वर्षदेखि स्रोत नखुलेको भनी रोक्का राखेको रकम यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले खुला गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले ८४ करोड रुपैयाँ रकम झिकेर अर्को बैंक खातामा राखेका छन् ।


उता राष्ट्र बैंकका अधिकारीहरुले भने इन्भेस्टमेन्ट बैंकबाट झिकिए पनि अन्य कुनै बैंकमै उनको रकम रहेकाले रकम फिर्ता गर्न अप्ठेरो नहुने बताउँछन् ।