२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमार्गीको पैसा फिर्ता ल्याउन इन्भेष्टमेन्ट बैंकले काम थाल्यो



अ+ अ-


काठमाडौँ — सर्वाेच्च अदालतको आदेशअनुसार व्यापारी अजेयराज सुमार्गीको रकम फिर्ता ल्याउन नेपाल इन्भेस्टमेन्ट बैंकले काम थालेको बताइएको छ । समाचारअनुसार सो बैंकले व्यापारी सुमार्गीले दुई हप्तअघि सोही बैंकबाट झिकेको रकम फिर्ता ल्याउने बारेमा प्रक्रिया थालेको हो ।
व्यापारी अजेयराज सुमार्गीको पैसा फिर्ता ल्याउने गृहकार्य सुरु भएकोछ– बैंकका एकजना अधिकारीले जनाएका छन् । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
सर्वाेच्च अदालतले व्यापारी सुमार्गीले सो बैँकबाट लिएको भनिकएको रकम विदेशबाट आएको र त्यसको स्रोत नखुलेको भन्दै फिर्ता गर्न आदेश दिएको थियो । सो आदेशपछि कानुनी प्रक्रिया सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बताए ।


‘राष्ट्र बैंकको निर्देशनअनुसार रकम पूर्ववत् अवस्थामा राख्न कानुनी परामर्श थालेको छौं,’ उनले भने, ‘कानुनसम्मत रहेर सम्बन्धित ग्राहकलाई पैसा फिर्ता गर्न निर्देशन दिनेछौं,’ सीईओ पाण्डेले यसबारेमा थप बोल्न चाहेनन् ।


यसअघिको सर्वाेच्चकै अन्तरिम आदेशलाई सच्याउँंदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन गत २४ गते राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई अर्को आदेश जारीगरेको थियो ।


राष्ट्र बैंकले करिब ५ वर्षदेखि स्रोत नखुलेको भनी रोक्का राखेको रकम यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले खुला गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले ८४ करोड रुपैयाँ रकम झिकेर अर्को बैंक खातामा राखेका छन् ।


उता राष्ट्र बैंकका अधिकारीहरुले भने इन्भेस्टमेन्ट बैंकबाट झिकिए पनि अन्य कुनै बैंकमै उनको रकम रहेकाले रकम फिर्ता गर्न अप्ठेरो नहुने बताउँछन् ।