३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प



अ+ अ-

लिमा । उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार बिहान ५ः५२ बजे सो भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसूस गरिएको थियो । छिमेकी मुलुक इक्वेडरमा पनि यस भूकम्पबाट क्षति भएको समाचारमा जनाइएको छ        

यस भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो । यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो । 

दश लाख जनसङ्ख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महसूस गरिएको थियो । पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० भूकम्पले हल्लिन्छ, किनकी यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ । यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ । 

भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन ।  पेरुमा सन् २००७ अगस्त १५ मा गएको ७।९ म्याग्नीच्युडको कारण ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।