१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प



अ+ अ-

लिमा । उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार बिहान ५ः५२ बजे सो भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसूस गरिएको थियो । छिमेकी मुलुक इक्वेडरमा पनि यस भूकम्पबाट क्षति भएको समाचारमा जनाइएको छ        

यस भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो । यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो । 

दश लाख जनसङ्ख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महसूस गरिएको थियो । पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० भूकम्पले हल्लिन्छ, किनकी यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ । यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ । 

भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन ।  पेरुमा सन् २००७ अगस्त १५ मा गएको ७।९ म्याग्नीच्युडको कारण ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।