२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एउटै गीत गाएको १५ लाख लिने गायिका , उनको सम्पत्ति सुन्दा पर्नुहुनेछ चकित



अ+ अ-

काठमाडौं । गायिका नेहा कक्कड अहिले बलिउडमा चर्चित छिन् । प्रायः नयाँ फिल्ममा उनको आवाज सुन्न पाइन्छ । समकालीन संगीतकारको पहिलो रोजाइमा पर्ने गरेकी नेहाले एउटा गीत गाएबापत लिने पारिश्रमिक निकै चर्को छ ।आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण पनि चर्चामा आउने गरेकी उनले एउटा गीत गाएबापत १० देखि १५ लाख भारु पारिश्रमिक लिने गरेकी छिन् । महँगो गाडीकी सौखिन नेहासँग आर्डी, रेन्ज रोभरका साथै मार्सिडिजजस्ता महँगा कार छन् । उनको कुल सम्पत्ति एक सय करोड रहेको बताइन्छ ।

पछिल्लो समय प्रेमीसँगको विछोडका कारण चिन्तित रहेकी उनी केहीअघि डिप्रेसनको सिकार भएकी थिइन् । उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘हो, म डिप्रेसनमा छु । तपाईंहरू सफल हुनुभयो । संसारभरका नकारात्मक मान्छेहरूका कारण यो सब भएको हो । जो मलाई मेरो जीवनको सबैभन्दा दुःखद दिनका लागि सफल भए ।’ उनी इन्डियन आइडल सिजन २ की प्रतिस्पर्धी हुन् । नयाँ पत्रिकामा खबर छ ।