२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द कपिल शर्मा शो’मा फर्किर्दै डा.मसुर गुलाटी



अ+ अ-

लोकप्रियताको उत्कर्षमा रहेको भारतिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ अचानक बन्द भयो । बन्द हुनुमा यसका मूख्य संचालक कपिल शर्मा र को–स्टार सुनिल ग्रोवरबीचको कलह कारण थियो । कुनै कार्यक्रममा सहभागी भएर भारत र्फकदै गर्दा हवाइजहाजमै उनीहरुबीच विवाद भयो ।

त्यो विवाद यति चर्कियो कि, त्यसले कपिल शर्माको करियरलाई सतहमा पुर्‍याइदियो । त्यहाँबाट उठ्न कपिलले अनेक यत्न गरे, तर सबै प्रयास विफल भयो । यसबीचमा उनका सहकर्मीहरु लाखापाखा लागे, उनको चलचित्र डुब्यो, उनी डिप्रेसनग्रस्त भए । यसको साइड इफेक्ट सुनिल उर्फ मसुर गुलाटीलाई नपर्ने कुरै भएन । उनी पनि चम्किलो स्क्रिनबाट क्रमस धुमिल हुँदै गए ।


अहिले भने कपिल शर्मा तंग्रिएका छन् । उनी फेरी आफ्नो लोकप्रिय कमेडी शो लिएर टेलिभिजनमा फर्किएका छन् । र, यो कमेडी शोले अपेक्षाकृत उडान भरिरहेको छ ।

यसैबीच अर्को सुखद खबर फैलिएको छ । कपिल शर्माको ‘दूर्व्यवहार’बाट रुष्ट भएर लाखापाखा लागेका सुनिल ग्रोवर द कपिल शर्मा शोमा फर्किर्दैछन् ।

‘कपिल शर्मा शो’ पहिलो सिजनमा निकै रुचाइएका पात्र थिए, डक्टर मसुर गुलाटी अर्थात् सुनिल ग्रोवर । तर, दोस्रो सिजनका केही भाग चलिसक्दा पनि उनलाई दर्शकले उक्त शोमा देख्न पाएका छैनन् । अब भने सुनिल ग्रोवर पुनः कपिल शर्मा शोमा फर्किने तयारीमा छन् ।

सुनिल ग्रोवर कपिलसँग छुटेर टेलिभिजन शो ‘कानपुर वाले खुरनाज’ सुरु गरेका थिए । तर, दर्शकले उक्त शो रुचाएनन् । त्यसैले उक्त शो बन्द भयो । अहिले सुनिल पनि फुर्सदमा छन् । सुनिल कपिलको शोमा बलिउड स्टार सलमान खानको आग्रहमा फर्किन लागेका हुन् । कपिल शर्माको दोस्रो सिजनलाई सलमान खानले नै निर्माण गरेका हुन् ।

भारतिय मिडियाका अनुसार सुनिलले छिट्टै ‘कपिल शर्मा शो’मा सहभागिता जनाउने छन् । एजेन्सी