१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

‘द कपिल शर्मा शो’मा फर्किर्दै डा.मसुर गुलाटी

‘द कपिल शर्मा शो’मा फर्किर्दै डा.मसुर गुलाटी
अ अ+ अ-

लोकप्रियताको उत्कर्षमा रहेको भारतिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ अचानक बन्द भयो । बन्द हुनुमा यसका मूख्य संचालक कपिल शर्मा र को–स्टार सुनिल ग्रोवरबीचको कलह कारण थियो । कुनै कार्यक्रममा सहभागी भएर भारत र्फकदै गर्दा हवाइजहाजमै उनीहरुबीच विवाद भयो ।

त्यो विवाद यति चर्कियो कि, त्यसले कपिल शर्माको करियरलाई सतहमा पुर्‍याइदियो । त्यहाँबाट उठ्न कपिलले अनेक यत्न गरे, तर सबै प्रयास विफल भयो । यसबीचमा उनका सहकर्मीहरु लाखापाखा लागे, उनको चलचित्र डुब्यो, उनी डिप्रेसनग्रस्त भए । यसको साइड इफेक्ट सुनिल उर्फ मसुर गुलाटीलाई नपर्ने कुरै भएन । उनी पनि चम्किलो स्क्रिनबाट क्रमस धुमिल हुँदै गए ।


अहिले भने कपिल शर्मा तंग्रिएका छन् । उनी फेरी आफ्नो लोकप्रिय कमेडी शो लिएर टेलिभिजनमा फर्किएका छन् । र, यो कमेडी शोले अपेक्षाकृत उडान भरिरहेको छ ।

यसैबीच अर्को सुखद खबर फैलिएको छ । कपिल शर्माको ‘दूर्व्यवहार’बाट रुष्ट भएर लाखापाखा लागेका सुनिल ग्रोवर द कपिल शर्मा शोमा फर्किर्दैछन् ।

‘कपिल शर्मा शो’ पहिलो सिजनमा निकै रुचाइएका पात्र थिए, डक्टर मसुर गुलाटी अर्थात् सुनिल ग्रोवर । तर, दोस्रो सिजनका केही भाग चलिसक्दा पनि उनलाई दर्शकले उक्त शोमा देख्न पाएका छैनन् । अब भने सुनिल ग्रोवर पुनः कपिल शर्मा शोमा फर्किने तयारीमा छन् ।

सुनिल ग्रोवर कपिलसँग छुटेर टेलिभिजन शो ‘कानपुर वाले खुरनाज’ सुरु गरेका थिए । तर, दर्शकले उक्त शो रुचाएनन् । त्यसैले उक्त शो बन्द भयो । अहिले सुनिल पनि फुर्सदमा छन् । सुनिल कपिलको शोमा बलिउड स्टार सलमान खानको आग्रहमा फर्किन लागेका हुन् । कपिल शर्माको दोस्रो सिजनलाई सलमान खानले नै निर्माण गरेका हुन् ।

भारतिय मिडियाका अनुसार सुनिलले छिट्टै ‘कपिल शर्मा शो’मा सहभागिता जनाउने छन् । एजेन्सी