६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण नेपाल आउँदैछन् चिनियाँ विदेशमन्त्री



अ+ अ-

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले यही मार्च २६-२७  तारिखमा दुई दिने नेपाल भ्रमण गर्दैछन् । विदेशमन्त्रीको भ्रमणलाई लिएर दुवै मुलुकबीच तयारी भइरहेको बताइएको छ । 

सोमबार परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि नेपालमा चाँडै उच्चस्तरीय भ्रमण हुन लागेको जानकारी दिनुभएको थियो । स्रोतका अनुसार विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका सन्दर्भमा विदेशमन्त्री यीको भ्रमण हुन लागेको हो ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच १९ वटा सहमति तथा सम्झौता भएको थियो ।

तिनै सहमति र सम्झौताबारे के कति प्रगति भयो भन्नेबारे छलफल गर्न विदेशमन्त्री यीको भ्रमण हुन लागेको स्रोतले बताएको छ । नेपाल सरकारले नेपाल र चीनबीच सीमा समस्या रहेको सार्वजनिकरुपमै कुरा उठाएपछि विदेशमन्त्रीको भ्रमणका क्रममा सो विषयमा पनि छलफल हुने उच्च स्रोतले जनाएको छ ।

दुई मुलुकबीच चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन, सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण, सीमा व्यवस्थापन प्रणाली जस्ता विषयमा सहमति तथा सम्झौता भएको थियो ।

भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी राष्ट्रपति बिद्यादेबी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुखदलका शिर्षनेताहरु लाई पनि भेट गर्ने स्रोतले जनायो ।