![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/berojgar.jpg)
काठमाडौं । आगमी पाच वर्षभित्रमा कुनै पनि नेपालीले वैदेशिक रोजगारीमा जानु नपर्ने भएको छ। रोजगारी अभिवृद्धिका लागि सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आएपछि अबको ५ वर्षभित्रमा कुनै पनि नेपालीले वैदेशिक रोजगारीमा जानुनपर्ने भएको हो।
यसका लागि सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा रोजगार सम्योजक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रम जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन सबै स्थानीय तहमा रोजगार संयोजकको नियुक्ति अगाडि बढाएको हो।
पहिलो चरणमा प्रदेश ३ बाट यो कार्यक्रम शुभारम्भ गरिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि चालू आर्थिक वर्षका सरकारले ३ अर्ब १० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। रोजगार संयोजक नियुक्तिका लागि सरकराले यही ४ माघमा आवेदन माग गरेको थियो, आवेदन दिने अन्तिम म्याद आगामी शुक्रबारसम्म मात्र रहेको छ। खबर राजधानी दैनिकमा छ।