१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भण्डारी आउट



अ+ अ-

काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा यूएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटको रुपमा विनोद भण्डारीलाई ९ रनमा गुमाएको हो । उनलाई यूएईका कप्तान मोहम्मद नाभिदले आउट गराए ।

अहिले पाँच ओभरको खेल चलिरहँदा नेपालको स्कोर एक विकेटको क्षतिमा १९ रन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५५ रन बनायो ।

यूएईका लागि सिपी रिज्डवान ४५, साइमान अनवरले ६२, बुटाले अविजित ५९, मोहम्मद नाबिद ११ रनमा नटआउट रहे । गुलाम सकवरले १८ रनको योगदान दिए। अहमत र चिराग शून्य मै आउट भएका थिए ।

युएईको पहिलो विकेटको रुपमा २.५ ओभरमा अहमतलाई सोमपाल कामीले शून्य रनमा आउट पारेका थिए ।

करण केसीले चिराग सुरीलाई ५.६ ओभरमा शून्य र सिपी रिज्डवानलाई ४१.२ ओभरमा ४५ रनमा खेलिरहदा बिनोद भण्डारीको हातबाट क्याच गराएका थिए ।

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले गुलाम सकवरलाई १९.४ मा १८ रनमा आउट पारेका हुन् । चौथो विकेटमा मुहमद उस्मानलाई २०.२ ओभरमा २६ रनमा गुमाएको थियो ।उस्मानको विकेट नेपाली टिमका कप्तान पारस खड्काले लिएका हुन् ।