२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका अमिर शेखले चीनको भ्रमण गर्ने



अ+ अ-

बेइजिङ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउँदो बुधबार चीनको दुई दिवसीय औपचारिक भ्रमणमा आउने भएका छन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा यो भ्रमण हुन लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

छिमेकी देशहरुको नाकाबन्दी भोग्दै आएको अरबी मुलुक कतारका अमिरको शक्तिशाली राष्ट्र चीनको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

सन् १९८० को जुन ३ मा कतारको राजधानी दोहामा जन्मेका तमिम सन् २०१३ मा अमिर बन्नु भएको थियो। उनले १९९८ मा बेलायतको शाही सैन्य प्रतिष्ठानबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। सिन्ह्वा