२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको उपाधिका लागि जापान र कतार भिड्ने



अ+ अ-

काठमाडौं । कतारले एसिया कप फुटबलको उपाधिका लागि जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा आयोजक युएईलाई ४–० गोलअन्तरले पराजित गर्दै कतारले फाइनलमा पुगेको हो । कतारको जितमा बोउलम खोउखी, अल्मोइज अली, हसन अल हेदोस र हामिद स्माइलले समान १/१ गोल गरेका थिए ।

मोहमद बिन जायद स्टेडियममा कतारसामु घरेली टोली यूएई स्तब्ध बन्यो । युएईले कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

खोउखीले २२ औं मिनेटमा नै गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३७ औं मिनेटमा अलीले गोल गर्दै कतारलाई दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलले अघि रहेको कतारले दोस्रो हाफमा पनि थप दुई गोल गर्न सफल भयो । कतारका लागि खेलको ८० औं मिनेटमा हदोसले गोल गर्दै ३–० को अग्रता दिलाएका थिए । अतिरिक्त समयमा स्माइलले गोल गर्दै कतारलाई ४–० गोलको जित दिलाए ।

सोमबार भएको पहिलो सेमिफाइनलमा जापानले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । अब उपाधिका लागि जापान र कतारबीचको खेल फेब्रुअरी एक तारिखमा हुनेछ ।

अब कतारले उपाधिका लागि जापान खेल्ने छ । सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई ३-० गोल अन्तरले पराजित गर्दै जापान फाइनलमा पुगिसकेको छ ।