१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको स्थानीय तहमा पनि पदाधिकारीको टुङ्गो



अ+ अ-

घोराही । दाङका १० स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्वएमाले र चार वटा स्थानीय तहको अध्यक्ष पूर्वमाओवादी केन्द्रले पाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका दश वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लागेको हो ।

प्रदेश नं ५ का अन्य नौ जिल्लाको टुङ्गो लागे पनि दाङ, रोल्पा र अर्घाखाँचीका स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लाग्न सकेको थिएन । आज बसेको प्रदेश कार्यालयको बैठकले तीन वटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टु्ङ्गो लगाएको हो ।

घोराही उपमहानगरपालिकामा पूर्वएमालेका राममणि पाण्डे अध्यक्ष र पूर्वमाओवादी केन्द्रका विश्वराज आचार्य सचिव हुनुभएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पूर्वमाओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्वएमालेका माधव ओली सचिव बन्नुभएको छ । लमही नगरपालिकामा पूर्वएमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका वसन्तराज शर्मा सचिव बन्नुभएको छ ।
राप्ती गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्वएमालेका टोपबहादुर झाँक्री सचिव बन्नुभएको छ । गढवा गाउँपालिकामा पूर्वएमालेका कालीराम चौधरी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका यमनारायण पोख्रेल सचिव बन्नुभएको छ ।

त्यस्तै राजपुर गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका चक्रबहादुर खड्का अध्यक्ष र पूर्वएमालेका शङ्कर चौधरी सचिव बन्नुभएको छ ।

बङ्गलाचुली गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका डोमाकान्त कुँवर अध्यक्ष र पूर्वएमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ । बबई गाउँपालिकामा पूर्वएमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्वमाओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव बन्नुभएको छ ।

शान्तिनगर गाउँपालिकामा पूर्वएमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका गोविन्द भण्डारी सचिव बन्नुभएको छ । दंगीशरण गाउँपालिकामा पूर्वएमालेका भरत अधिकारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका धनवीर चौधरी सचिव बन्नुभएको छ ।

बैठकले फागुनको पहिलो हप्ता प्रदेशको बैठक र प्रशिक्षण गर्ने निर्णय गरेको छ । त्यस्तै फागुन १ गतेको जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म मनाइने शहीद सप्ताह जिल्लाको सापेक्षतामा आयोजना गर्ने निर्णय गरिएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिनुभयो । बैठकले स्ववियु निर्वाचनलाई सहयोग गर्नेलगायत अन्य निर्णय पनि गरेको छ ।