१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीलाई दल्यो माओवादीले कालोमोसो



अ+ अ-

सुर्खेत । नेकपा क्रान्तिकारी माओवादीले सरकारी कर्मचारीलाई कालोमोसो दलेका छन् । जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर घर्तीलाई मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

कार्यलयमा आएका सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै आज कार्यकक्षमै पुगेका क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।
क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले संयुक्तरूपमा कालोमोसो दलेको युवा लिगका हिमाल शाहीले पुष्टि गरे । कार्यालयका प्रमुख लक्ष्मी खत्रीले कर्मचारीमाथि दुव्र्यवहार गरिनु कानूनी शासनको उपहास भएको प्रतिक्रिया दिए ।