७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

सेभिल्लामाथि बार्सिलोनाको गोल बर्षा

सेभिल्लामाथि बार्सिलोनाको गोल बर्षा
अ+ अ-

एजेन्सी –सेभिल्लामाथि गोल बर्षा गर्दै बार्सिलोना स्पेनिस कोपा डेलरे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले सेभिल्लालाई ६–१ गोलले हरायो ।

पहिलो लेगमा २–० गोलले पछि परेको बार्सिलोनाले घरेलु मैदानमा सानदार प्रदर्शन गरेको थियो । बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा फिलिप कोउटिन्होले ११औं मिनेटमा पेनाल्टी मार्फत खाता खोले । उनले ५३औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए ।

यसैगरी इभान राकिटिकले ३१औं, सर्जि रोबर्टोले ५४औं, लुइस स्वारेजले ८९औं र कप्तान लियोनेल मेस्सीले दोस्रो हाफको इन्जुरी समयमा एक एक गोल थपेका थिए ।

सेभिल्लाका सेल्लिाका गुइलहेमी एरानाले एक गोल फर्काएका थिए । यसअघि २७औं मिनेटमा इभर बनेगा पेनाल्टीमा चुकेपछि सेभिल्ला कमजोर सावित बनेको थियो ।