२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता, अन्तिम लडाई माथिल्लो संसदमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसले संशोधन दर्ता गरेको छ ।

बिहीबार बिहानै कांग्रेसका सांसद राधेश्याम अधिकारीले संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालको अनुसार सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद वृषेशचन्द्र लालले बुधबार नै विधेयकमा दुईवटा संशोधन दर्ता गराईसकेका छन्।

लालले विधेयकको प्रस्तावना, दफा १३, १५ र ४६ मा संशोधन दर्ता गराएका हुन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो । अब उक्त विधेयक माथिल्लो सदनबाट पारित हुने छ । मध्यान्ह दुई बजे बोलाईएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजममणि पोखरेलले विधेयक पारितहोस् भन्ने प्रस्ताव पारित गरेपछि आवश्य कुराहरु सुनिने व्यबस्था रहेको छ ।

यता डा. केसी भने आफुसँग गरिएको सम्झौता विपरीत विधेयक ल्याइएको विरोधमा २३ दिनदेखि अनसनमा छन् ।