७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवालाई रोजगारी



अ+ अ-

बडीमालिका । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो ।

गत पुस ७ गतेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाई हिजोदेखि १०० युवालाई रोजगारी दिने काम भइरहेको अध्यक्ष शाहीले बताउनुभयो । प्रत्येक वडाका २८ का दरले बेरोजगार युवालाई गाउँपालिकाभित्रका सडक, बाटोघाटो मर्मत, सिँचाइ नहरजस्ता विकासे काममा लगाउन थालिएको छ ।

बुधबारदेखि शुरु गरिएको स्वरोजगार कार्यक्रममार्फत अध्यक्ष शाहीले छापुको सडक खोलीकुनादेखि शिलान्यास गर्दै बेरोजगार युवालाई काममा लगाएको छ । देशकै पहिलो गरीब गाउँपालिकाका रुपमा परिचित उक्त गाउँपालिकामा स्वरोजगारको अवसर सिर्जना गरी गरीबी न्यूनीकरण गर्न यो कार्यक्रम अघि सारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाहीले जानकारी दिनुभयो ।

विगतमा बेरोजगारी समस्याले यहाँका कतिपय युवा हिउँद लाग्ने बित्तिकै भारतलगायका देशमा काम गर्न जाने गरेका थिए । युवालाई अभिमुखीकरण गरेर हिजोदेखि काममा लगाइएको हो । श्रमको सम्मान गाउँपालिकाको अभियान भन्ने नाराका साथ युवा रोजगार कार्यक्रमका विषयमा स्वरोजगार दलमा छनोट भएका युवालाई रोजगार के हो ? त्यसको कामको प्रकृति, लक्ष्य उद्देश्य, बीमा नीति र दिगो विकासका सम्वन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।