• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन

फेसबुक अकाउन्ट ब्लक किन हुन्छ ? थाहा पाउनुहोस्



काठमाडौँ । फेसबुक अहिलेको समयमा सोसियल साइट मध्ये एक लोकप्रिय माध्यम हो । फेसबुकमा आफ्नो फोटो अपलोड गर्ने, स्टाटस सेयर गर्ने, अरुका फोटो तथा स्टाटस लाइक तथा कमेन्ट गर्ने सामान्य कुरा हो । कतिपयका लागि त फेसबुक लतको रुपमा रहेको छ भने कतिपयलाई आफ्नो व्यापार व्यवसायलाई बढाउने माध्यम भएको छ । यसका बावजुद पनि धेरै प्रयोगकर्ताहरू फेसबुकले बनाएको सामान्य नियमहरु पालना गर्न चुक्दा धेरै पटक अकाउन्ट ब्लकमा पर्ने गरेका छन् । यदी तपाईले आफुलाई फेसबुकमा स्मार्ट देखाउन चाहनुहुन्छ र ब्लक हुनवाट रोक्न चाहनुहुन्छ भने यी कामहरु फेसवुकमा नगर्नुहोस् ।

 १) अनावश्यक फ्रेन्ड र गेम रिक्वेस्ट नगर्ने

फेसबुकमा नचिनेको मान्छेहरुलाई फ्रेन्ड रिक्वेस्ट र गेम रिक्वेस्ट लगातार पठाइरहनु हुदैंन । यस्तो धेरै गरेमा पनि फेसबुकले तपाईको एकाउन्टलाई केही घन्टा वा दिनलाई ब्लक गरेर राख्न सक्छ ।

२) अनावश्य मेसेज नपठाउने

एकै पटक वा छिनछिनमा चिनेको वा नचिनेका ब्यक्तिहरुलाई एउटै किसिमका मेसेजहरु धेरै पठाउनु हुदैन । यसरी पठाएका मेसेजहरु पाउने ब्यक्तिले अनवेलकम गरिदिएमा तपाईको एकाउन्ट केही समयका लागि ब्लक हुन सक्छ । स्वभाविक भन्दा बढि म्यासेजलाई स्पाम म्यासेजको रूपमा पनि लिने खतरा हुन्छ ।

३) फोटो र भिडियो पोष्ट गर्दा ध्यान दिने

फेसबुकले आफ्नो पोलिसिमा स्पट रुपमा अश्लिलता भएको, लागू औषध, ब्यक्तिगत आक्षेप लगाउने किसिमका फोटो र भिडियो पोष्ट गर्न मनाही गरेको छ । यदी फेसवुकले वा कुनै ब्यक्तिले उक्त फोटो प्रति सुचना दिएमा एकाउन्टलाई केही समयसम्म रोक्न सक्छ ।

४) धेरै ग्रुपमा नजाने

फेसवुकले २ सय सम्म ग्रुपमा आबद्ध हुन दिन्छ । त्यो भन्दा बढी ग्रुपमा आबद्ध भएमा फेसवुकले तपाईको एकाउन्टलाई केही समय ब्लक गरेर राख्छ ।

५) अधिकार नभएको कन्टेन पोष्ट नगर्ने

यदी तपाइसँग कुनै फोटो, भिडियो वा टेक्सको प्रतिलिपि अधिकार छैन भने त्यस्ता फोटो, भिडियो र टेक्सहरुलाई डाउनलोड गरेर आफ्नो पेजबाट पोस्ट गर्नु हुदैंन । यस्तो अवस्थामा फेसबुकले थाहा पाएमा वा अरु कसैले उजुरी गरेमा तपाईको एकाउन्टलाई केही समय ब्लक गर्न सक्छ । यस्तो अवस्थामा उक्त फोटो, भिडियो वा टेक्सलाई सेयर गर्नु राम्रो हुन्छ ।

६) पोक बढी नगर्ने

फेसवुकले दिएको एउटा सुविधामा पोक पनि रहेको छ । यदी तपाईले एउटै ब्यक्तिलाई वारम्वार पोक गरेर सताउन थाल्नु भयो भने पनि तपाईको एकाउन्टलाई फेसवुकले केही समयका लागि ब्लक गरिदिन्छ ।

७) धृणा र अतिरंजित कुरा पोष्ट नगर्ने

कुनै पनि समुदाय वा समाजमा विचलन हुने किसिमको सामग्रीहरु पोस्ट गरेमा फेसव्ुकले उक्त एकाउन्टलाई केही समय ब्लक गर्न सक्छ ।

(एजेन्सीको सहयोगमा)