२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.92

Wind: 1.54

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन हुबहु सार्वजनिक गर्ने भएको छ ।

सहप्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभापतिले प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्ताव भने अस्वीकृत भएको जानकारी दिए ।

अहिले जारी केन्द्रीय समितिको बैठकमा प्रतिवेदनमाथि नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।

बैठक लाइभ नहुने भएपछि महामन्त्री ढकाल मुखमा टेप लगाएर बसेको झाको भनाई छ । झाका अनुसार महामन्त्री नबोलेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डेढ घन्टा लगाएर प्रतिवेदन वाचन गरेका थिए ।