• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन ★   रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित) ★   प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन ★   पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन: अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनुहुने ★   विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री

रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी हुनु भएको छ ।

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोध मुखमा कालो टेप लगाएर बैठकमा सहभागी हुनु भएको हो ।

ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको जिकीर गर्नुभएको छ । ढकालले केहीदिन अघिदेखि नै बैठक प्रत्यक्ष प्रशारण गर्न माग गर्नुभएको थियो तर आजको बैठकमा प्रत्यक्ष प्रशारण नगरेपछि सांकेतिक रुपमा विरोध गरेका जनाईएको छ ।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाउनु भएकाे थियाे । महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ। त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छलफल थालेको हो।