१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था

ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था
अ अ+ अ-

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) पोजेटिभ इम्प्याक्ट रेटिङ (पीआईआर) प्राप्त गर्ने नेपालको पहिलो कलेज बनेको छ । ‘पीआईआर २०२४ लेभल ३ः प्रगतिशिल शैक्षिक संस्था’मा सूचीकृत हुँदै कलेजले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

कलेजले प्रदान गर्दै आएको सेवा सुविधामा स्थिरता, निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्वको काम तथा शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण विश्वव्यापी मान्यता प्राप्त मूल्यांकन गर्ने संस्था पीआईआरले टीबीसीको नाम सूचिकृत गरेको हो । पीआईआरले संस्थाको स्थिरता, नीति तथा नियमहरुका साथै संस्थाले समाजप्रति निर्वाह गर्दै आएको भूमिकाका बारेमा मूल्यांकन गर्दै आएको छ । साथै, सामाजिक चुनौतीहरुलाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्छन् भन्ने कुरामा पनि पीआईआर केन्द्रीत छ ।

ब्रिटिस कलेजको सस्टेनेबिलिटी युनिटले शिक्षामा स्थिरता, अनुसन्धानात्मक कार्यक्रमहरुका साथै, साझेदारहरु मार्फत समग्र शैक्षिक वातावरण सिर्जना गरेको छ। कलेजले आफ्नो पाठ्यक्रममा दिगो विकास लक्ष्य (एसडीजी) एकीकृत गर्न, नवाचारलाई प्रोत्साहित गर्न र जलवायु शिक्षा अघि बढाउन धेरै पहलहरु कार्यान्वयन गर्दै आएको छ ।

यो उपलब्धिबारे ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा। प्याट्रिक म्याकक्रुडनले भने, ‘पीआईआर रेटिङ मूल्यांकन सर्वेक्षणबाट ब्रिटिस कलेजले पाएको उपलब्धि महत्वपूर्ण छ । यस रेटिङले ब्रिटिस कलेजको शिक्षा कस्तो छ भन्ने थप प्रस्ट पारेको छ भने यस्ता सर्वेक्षणहरुले हाम्रा प्रयासहरुलाई अन्तर्राष्ट्रिय रुपबाट समेत मार्गदर्शन गरेको छ ।’