२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै कांग्रेस र नेकपा एमालेबीच भएको सरकार बनाउने नयाँ सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको हो ।

“अहिले कांग्रेस र एमालेबीच नयाँ सहमतिका साथ सरकार बनाउने कुरा आएको छ जुन स्वागतयोग्य छ”, बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो, “यो सहमतिको मूल विन्दु भनेको संविधान संशोधन हो । संविधान संशोधनका लागि मुख्य र दोस्रो दल मिलेर सरकार बनाउने विषय सकारात्मक छ ।”

राप्रपाले लामो समयदेखि संविधान संशोधनको विषय उठाउँदै आएको र त्यसका निम्ति नयाँ समझदारी कायम गरेर जानुपर्ने धारणा पार्टीको रहेको अध्यक्ष लिङ्देनको भनाइ छ । बैठकले विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अहिले नै ठोस धारणा बनाएर निष्कर्षमा नजाने निचोड निकालेको छ ।

यसका निम्ति सबै राजनीतिक दलहरुबीच नयाँ समझदारी बन्नुपर्ने राप्रपाको धारणा छ । अध्यक्ष लिङ्देनले पछिल्लो विकसित राजनीतिबारे राजनीतिक दलहरुसँग निरन्तर छलफल रहने उल्लेख गर्नुभयो ।